शुक्लाफाँटा नगरपालिकाका कर्मचारीले पाएनन् तलब

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन्। दशैंका लागि तलब थाप्न नपाइने भएपछि उन निराश भएका छन्।‘तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दशैं मनाउने योजना थियो’ उनले भने, ‘तलबनै नपाइने भएपछि रमाइलोसँग दशैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ। निकै न्यास्रो लागेको छ।’नगरपालिकामा कार्यरत ८३ स्थायी, १४२ करार र एकजना अस्थायी गरी २२६ कर्मचारीले तलब थाप्न पाएका छैनन्। आधारभूत तह, माध्यमिक तहका गरी ३००, निजी स्रोतका ८४  शिक्षक,

सम्बन्धित सामग्री

रुसी सेनामा नेपालीको अवस्था, भागेर स्वदेश फर्केका सिंहले खोले यथार्थता

रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किनुभएको छ । रुसी सेनाबाट भागेर उहाँ शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किनुभएको हो । “पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उहाँले भन्नुभयो, “त्यसपछि …

रुसी सेनाबाट भागेर स्वदेश फिर्ती भए कञ्चनपुरका सिंह

कञ्चनपुर- रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएकाम हुन् ।  'पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्न...

शिक्षकले तलब नपाउँदा पठनपाठनमा समस्या, प्रधानाध्यापकले दिए आफ्नै तलब

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन् । अन्य ६ जना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ । अभिभावकको आर्थिक अबस्था कमजोर हुँदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन । नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन् । शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिएका छन्। “विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन”, विद्यालयका प्रधानाध्यापक धर्मा ऐर (भण्डारी)ले भने, “ कक्षा अनुसारका शिक्षकको अभाव हुँदा पठनपाठनको सुचारु गराउन निकै समस्या भएको छ ।” विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठनको कार्य गरिएपछि विद्यार्थी बढेका छन् । विद्यालयमा १६२ विद्यार्थी रहेका छन् । विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए । “विगतका वर्षमा नगरपालिकाले रु पाँच लाख अनुदान रकम उपलब्ध गराउँथ्यो”, उनले भने, “यस वर्ष अनुदान रकम आएको छैन, वडा कार्यालयले रु दुई लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौँ ।” उनका अनुसार विद्यार्थीको सरसफाइबारे कक्षा सुरु हुनुअघि लाइनमै नङ काटे नकाटेको, पोसाक लगाएको नलगाएको, सरसफाइबारे हेर्ने गरिन्छ । शारीरिक अभ्यासको कार्यसँगै प्रतिभा निखार्नका लागि विद्यार्थीलाई स्वःस्फूर्त रुपमा कविता, कथा, निबन्ध, गीत वाचन गर्ने कार्य दैनिक गरिँदै आएको शिक्षक कुवँरको भनाइ छ । विद्यालयको आन्तरिक आयस्रोत नहुँदा थप शिक्षकको आवश्यकता भए पनि राख्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताए । “विषयगत शिक्षक मात्रै सातजना चाहिन्छ”, उनले भने, “सम्बन्धित निकायमा व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता हुँदै आएको छ, विद्यालयमा कार्यरत शिक्षकले सातवटा कक्षा अनिर्वाय रुपमा पढाउँदै आएका छन्, कार्यालयको कार्य विद्यालय समयपछि गरिने गरिएको छ ।” जनप्रतिनिधिले अहिलेसम्म विद्यालयको अनुगमनसमेत नगरेको उहाँको गुनासो छ । विद्यालयमा सूचना प्रविधिको हालसम्म व्यवस्था हुन सकेको छैन । कम्प्युटर, इन्टरनेट नहुँदा विद्यार्थीलाई त्यसबारे व्यावहारिक ज्ञान दिन नसकिएको विद्यालयका शिक्षकहरुको भनाइ रहेको छ । विद्यालय विसं २०६५ मा स्थापना गरिएको हो ।

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु  निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गरेका छन् । उनले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत […]

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ। दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरू निराश बनेका छन्।यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गरेका छन्।उनले साउनदेखि असोज महिनासम्मको पाएको तलबबापतको रकम विद्यालयमा कार्यरत निजी स्रोतका छ जना शिक्षक शिक्षिकालाई बराबर पुग्ने गरी बाँडेका छन्।‘दसैँका बेला मेरो खातामा तलब आइपुग्यो,’उनले भने,&lsq

प्रधानाध्यापक भण्डारीले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु  निराश बनेका छन् ।  यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलव वापतको रकम वितरण गरेका छन् ।  उन...

म्याद थप नगरिँदा शुक्लाफाँटा नगरपालिकाका करारका स्वास्थ्यकर्मीले पाएनन् तलब

दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन्। स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन।

म्याद थप नगरिँदा करार सेवाका स्वास्थ्यकर्मीले तलब पाएनन्

कञ्चनपुर,असोज २६ । दसैँ आउनै लाग्दा शुक्लाफाँटा नगरपालिकाका स्वास्थ्यकर्मीले तल पाएका छैनन् । स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य चौकीमा करार पदमा कार्यरत स्वास्थ्यकर्मीको म्याद थप नगरिँदा तलब नपाएका हुन । ‘म्याद थपका लागि वडा कार्यालयमा जाँदा नगरपालिकामा जान भन्छन्’, चौध वर्षदेखि करार पदमा कार्यरत स्वास्थ्यकर्मी वसन्त धामीले भने, ‘नगरपालिका गए वडा कार्यालय जान भन्छन्, म्याद […]

बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशंकर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपांगता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक अपांगता भएका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको स्रोत कक्षा कोरोनाको सङ्क्रमण घट्दै गएपछि सञ्चालनमा ल्याइएको हो ।      कोरोनाका कारण झण्डै दुई वर्ष कक्षा प्रभावित भएको थियो । कक्षामा ५ वर्ष पुरा भई १४ वर्ष ननाघेका १० जना बालबालिकालाई राखिएको छ । कक्षामा सुदूरपश्चिम प्रदेशका बैतडी, कैलाली र कञ्चनपुरका गरी तीन जिल्लाका बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकाको बोली, भाषा, आनीबानी र व्यवहार परिवर्तनका लागि राखिएको विद्यालयका प्रधानाध्यापक विष्णुदत्त जोशीले बताए । फरक क्षमता भएका बालबालिकालाई चित्र, संगीत, नृत्य, श्रव्यदृश्यमार्फत पठनपाठनको व्यवस्था मिलाइएको उनँले बताए । यो कार्यसँगै बौद्धिक अपांगता भएका बालबालिकालाई सरसफाइमा ध्यान पु¥याउने कार्यमासमेत जोड दिँदै आएको उनले बताए । स्रोत कक्षामा सहभागी भई पढ्दै आएका बालबालिकाको हेरचाहका लागि एक जना आया (हेरचाह गर्ने आमा) र एकजना स्रोत शिक्षकको व्यवस्था मिलाइएको छ । विद्यालयले बालबालिकाको पठनपाठनसँगै बस्नका लागि छ वटा आवासीय कक्षा कोठा, भान्सा र शौचालयको व्यवस्था मिलाएको छ ।      बालबालीकालाई पोशाक, शैक्षिक सामग्री, बस्नका लागि बेड, बेडसिट, सिरक, गद्दा, टुथपेष्ट, ब्रस, साबुनलगायत आवश्यक सामग्रीको व्यवस्था विद्यालयले मिलाएको छ । सशर्त अनुदान कार्यक्रममार्फत स्रोत कक्षा सञ्चालनका लागि विद्यालयलाईप्रति विद्यार्थी ४० हजारका दरले १० महिनाको अनुदान रकम उपलब्ध गराइँदै आएको छ । सोही खर्चमा कक्षा सञ्चालन हुने गरेको छ । ‘हाललाई विद्यालयकै भवनमा स्रोत कक्षा सञ्चालन गरेका छौं,’ उनले भने, ‘छात्रावास, खानेपानीसँगै घेरावारको अभाव छ । त्यसका लागि नगरपालिका र प्रदेश सरकारलाई गुहार्दै आएका छौं ।’ आयालाई १३ हजार ४५० मासिक तलब र स्रोत शिक्षकलाई मासिक ५०० भत्ता दिने व्यवस्था गरी नियुक्त गरिएको छ । विसं २०७४ देखि सञ्चालन भएको स्रोत कक्षामा सहभागी भई उमेर पूरा भएपछि चारजना बालबालिका घर फर्किएका छन् । ‘बौद्धिक अपांगता र सुस्तमनस्थितिका बालबालिकालाई विद्यालयमा जुनसुकै समयमा पनि भर्ना गर्न सकिन्छ,’ प्रअ जोशीले भने, ‘बौद्धिक अपांगता र सुस्तमनस्थिति भएका बालबालिकालाई अभिभावकले विद्यालयमा भर्ना गर्न ल्याए भर्ना लिन्छौं ।’ प्रचलित नियम अनुसार पाउने सबै सुविधा प्रदान गरी आनीबानी सुधारसँगै पठनपाठनको व्यवस्था हुन्छ । घरको वातावरण भन्दा राम्रो गरी स्याहारसुसार गर्छौं ।’