शिक्षकले तलब नपाउँदा पठनपाठनमा समस्या, प्रधानाध्यापकले दिए आफ्नै तलब

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ स्थित दीपनगर आधारभूत विद्यालयमा दरबन्दीका शिक्षक नहुँदा पठनपाठन पुनः सञ्चालन गर्न अप्ठेरो परेको छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा एकजना स्थायी दरबन्दी र एकजना राहत कोटामा कार्यरत शिक्षक छन् । अन्य ६ जना शिक्षक निजी स्रोतबाट तलब ब्यहोर्ने गरी राखिएको छ । अभिभावकको आर्थिक अबस्था कमजोर हुँदा निजी स्रोतको तलबको व्यवस्था विद्यालयले गर्न सकेको छैन । नगरपालिका कार्यालयबाट पाउने अनुदान रकम नआउँदा निजी स्रोतका शिक्षकले चालु शैक्षिक सत्रमा तलब थाप्न पाएका छैनन् । शिक्षकले तलब नै थाप्न नपाएपछि विद्यालयका प्रधानाध्यापकले आफ्नै तलबबाट केही रकम शिक्षकलाई दसैँ खर्चका लागि दिएका छन्। “विद्यालयमा भौतिक पूर्वाधारको अभाव छैन”, विद्यालयका प्रधानाध्यापक धर्मा ऐर (भण्डारी)ले भने, “ कक्षा अनुसारका शिक्षकको अभाव हुँदा पठनपाठनको सुचारु गराउन निकै समस्या भएको छ ।” विद्यालयमा कक्षा ५ सम्म अङ्ग्रेजी माध्यममा पठनपाठनको कार्य गरिएपछि विद्यार्थी बढेका छन् । विद्यालयमा १६२ विद्यार्थी रहेका छन् । विद्यालयमा पठनपाठन गर्नेमध्ये ८० प्रतिशत विद्यार्थी दलित समुदायको रहेको विद्यालयका शिक्षक कर्णबहादुर कुवँरले बताए । “विगतका वर्षमा नगरपालिकाले रु पाँच लाख अनुदान रकम उपलब्ध गराउँथ्यो”, उनले भने, “यस वर्ष अनुदान रकम आएको छैन, वडा कार्यालयले रु दुई लाख रकम विद्यालय व्यवस्थापनका लागि उपलब्ध गराउने भने पनि अहिलेसम्म पाएका छैनौँ ।” उनका अनुसार विद्यार्थीको सरसफाइबारे कक्षा सुरु हुनुअघि लाइनमै नङ काटे नकाटेको, पोसाक लगाएको नलगाएको, सरसफाइबारे हेर्ने गरिन्छ । शारीरिक अभ्यासको कार्यसँगै प्रतिभा निखार्नका लागि विद्यार्थीलाई स्वःस्फूर्त रुपमा कविता, कथा, निबन्ध, गीत वाचन गर्ने कार्य दैनिक गरिँदै आएको शिक्षक कुवँरको भनाइ छ । विद्यालयको आन्तरिक आयस्रोत नहुँदा थप शिक्षकको आवश्यकता भए पनि राख्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्ना लुहारले बताए । “विषयगत शिक्षक मात्रै सातजना चाहिन्छ”, उनले भने, “सम्बन्धित निकायमा व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता हुँदै आएको छ, विद्यालयमा कार्यरत शिक्षकले सातवटा कक्षा अनिर्वाय रुपमा पढाउँदै आएका छन्, कार्यालयको कार्य विद्यालय समयपछि गरिने गरिएको छ ।” जनप्रतिनिधिले अहिलेसम्म विद्यालयको अनुगमनसमेत नगरेको उहाँको गुनासो छ । विद्यालयमा सूचना प्रविधिको हालसम्म व्यवस्था हुन सकेको छैन । कम्प्युटर, इन्टरनेट नहुँदा विद्यार्थीलाई त्यसबारे व्यावहारिक ज्ञान दिन नसकिएको विद्यालयका शिक्षकहरुको भनाइ रहेको छ । विद्यालय विसं २०६५ मा स्थापना गरिएको हो ।

सम्बन्धित सामग्री

कर्मचारीको तलब बढाउन सुझाव

काठमाडौं, माघ १२ । राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न गठित उच्चस्तरीय तलब सुविधा आयोगसमक्ष कर्मचारीको न्यूनतम तलब स्केल ४० हजार रुपियाँ पु-याउनुपर्ने सुझाव विभिन्न सरोकारवाला निकायबाट आएको छ। दैनिक महँगी बढ्दै गएको र महँगीलाई सम्बोधन गर्न न्यूनतम तलब स्केल त्यति पु-याउन सुझाव आएको हो। कर्मचारीको प्रत्येक श्रेणीमा तलब नौ प्रतिशतले थप्नुपर्ने, तलबको पाँच प्रतिशत […]

सांसदको तलब नबढ्ने, कति हुन्छ तलब ?

नयाँ सांसदहरूको तलब नबढ्ने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित २७५ सांसदको तलब नबढ्ने भएको हो । अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदहरूले पाएको बराबरकै तलब नयाँ सांसदहरूले पाउने संसद् सचिवालयले जनाएको छ ।

कर्मचारी तलब बारे अध्ययन : उच्चस्तरीय तलब आयोग गठनको तयारी

काठमाडौँ । सरकारले कर्मचारीको तलब सुविधाका बारेमा अध्ययन गर्न ‘उच्चस्तरीय तलब आयोग’ गठनको तयारी गरेको छ । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार तलब सुविधाबारे अध्ययन गर्न आयोग गठनको तयारी भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको हो ।

तलब आयोग गठनको तयारी

काठमाडौं, साउन २१ । सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा उच्च स्तरीय तलब आयोग गठन […]

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाण्डाै – सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ । महँगी भत्ता र तलब पुनरावलोकन गर्न समिति बनाउने पनि बजेटमा उल्लेख छ ।

सरकारी कर्मचारीको तलब बढ्यो

काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ। आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारी तलब बढेको घोषणा गरेका हुन्। अब साउनदेखि कर्मचारीले तलब १५ प्रतिशले बृद्धी हुने भएको छ। अर्थमन्त्रीको घोषणासँगै सरकारी कर्मचारीको श्रेणी अनुसार तलब  ३५ सयदेखि १०२६० रुपैयाँसम्म बढेको छ। आर्थिक २०७८/०७९ को बजेटमा कर्मचारीको तलव…

तलब

फेरि पनि तलब बढेन। कर्मचारीहरू आक्रोशित भए। सरकारबाट फेरि वक्तव्य जारी भयो, ‘कर्मचारीहरूलाई खानलाउन पुगेकै रहेछ अनि किन बढाउनु त तलब?’...

तलब नपाएकोमा लेखापालको गुनासो

डोटी । जिल्लाको जोरायल गाउँपालिकाका विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।

सरकारी कर्मचारीको तलब वृद्वि

काठमाडौं १ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ । अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्। यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब […]

आजदेखि बढ्यो कर्मचारीको तलब

काठमाडौं। नयाँ आर्थिक वर्ष सुरु भएसँगै संघीय सरकारका कर्मचारीको तलब बढेको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याउँदै कर्मचारीको तलब बढाउने घोषणा गरेको थियो। तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ१५ गते बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब दुईहजारले बढाएको बताएका थिए। उक्त घोषणा आजदेखि लागू भएको छ। चालू आर्थिक वर्ष २०७८/७९को बजेट आजदेखि लागू भएसँगै कर्मचारीको तलब पनि बढेको हो।