यो ब्रह्माण्ड ऊर्जा नै ऊर्जाले भरिएको छ । एक कोशीय जीवदेखि सूर्य, चन्द्र, तारा, नक्षत्र सबै ऊर्जाको स्वरूप हो र हामी पनि ऊर्जाबाट नै निर्मित हौँ । ऊर्जाको प्रयोग गर्दा होशपूर्वक सजगताका साथमा गरिन्छ भने त्यसले उत्कृष्टता दिन्छ । ऊर्जा विषयसँग जोडिएपछि त्यसले रूप लिन्छ । जस्तो भावका साथमा हामी यसलाई प्रयोग गर्दछौँ । त्यही बढ्छ । त्यसैले निरन्तर होसपूर्वक ऊर्जाको प्रयोग गर्न ध्यानको आवश्यकता पर्दछ ।हामीसँग प्रमुख ७ किसिमका प्रतिभाहरू हुन्छन् । ती सातै किसिमका प्रतिभा ध्यानद्वारा होशले भरिएर कर्म ग