सरकारी जग्गामा बनेको टाइगर वान रिसोर्टमा बिष्णु पौडेल निकट व्यापारी वालकृष्ण भुसालको नजर

सिल्भर हेरिटेज ग्रुपले संचालनमा ल्याएको भैरहवास्थित टाइगर प्यालेस किनबेचको प्रयासमा अदालतको प्रवेश भएको छ ।सरकारी जमिन हडपेर बनाइएको टाइगर प्यालेसलाई कुनै पनि संरचना नबनाउनु तथा यथास्थितिमा राख्न अदालतले दिएको आदेशको विरुद्ध गइ संरचना बनाउन थालेपछि किनबेचको प्रक्रिया अवरुद्ध हुने गरि अदालत प्रवेश गरेको हो।