विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ’रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो, ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ ।
बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।
उद्योगको शीर्षस्तर अन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगितिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डाएमण्ड आकारमा उच्च गुणस्तरको क...