३० वर्षअघि बन्द वीरगन्जस्थित कृषि औजार कारखानामा अहिले रौनक फर्किएको छ । राष्ट्रिय आविष्कार केन्द्रले कारखानामा कृषि औजारको परीक्षण उत्पादन गर्न थालेपछि लामो समयदेखि बन्द कारखानाले नयाँ जीवन पाएको छ । बेल्चाको सफल परीक्षण उत्पादन गरिसकेको केन्द्रको वैज्ञानिक टोलीले अब कुटो, कोदालो, गैंटीलगायत कृषि औजार उत्पादन गर्न लागिपरेको छ ।