देशमा धनी तथा गरिबबीचको खाडल गहिरिँदो छ । कोरोना कालदेखि सुरु भएको महँगी घट्ने अवस्था देखिँदैन । महँगी घट्नुको साटो झन्–झन् बढेको छ । महँगीले सामान्य नागरिक हातमुख जोर्न पनि नसक्ने अवस्थामा पुगेका छन् । बढ्दो महँगीकै कारण गरिबी अझै बढाउने सङ्केत देखिएको छ ।
सरकारले गरिबलाई सेवा सुविधा दिने भन्दै आए पनि यो भनाइमा मात्रै सीमित भएको छ । गरिब पहिचानका लागि सरकारले २०७१ सालमा कार्यक्रम सुरु गरेको थियो । अहिलेसम्म २६ जिल्लामा गरिब पहिचान भएको छ ।
२०७१ सालमा काम सुरु भए पनि केही समय मन्त्रालय नै खारेज...