पर्वत : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनी रूपमा महिलाका अधिकार बलिया रहेका भए पनि कार्यान्वयन अवस्था फितलो रहेको बताएका छन्।११२ औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जको आयोजनामा पर्वतमा राखिएको अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले नेपालका कानुन र व्यवस्थामा महिलाको अधिकारको विषयमा धेरै कुरा लेखिएको बताए। कागजका टुक्रामा हुँदैमा अधिकार पाएको हुने भन्ने नहुने भएकाले सबैजना त्यसको कार्यान्वयनमा लाग्नु अपरिहार्य रहेको उनको भनाइ छ।आफ्नो बाल्यकालका वेला