फिफा विश्वकप छनोटमा ब्राजिल र कोलम्बियाको बराबरी

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र कोलम्बियाले बराबरी खेलेका छन् । सोमबार बिहान भएको खेलमा ब्राजिल र कोलम्बियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । बराबरीसँगै ब्राजिल १० खेलमा २८ अंक जोड्दै शीर्ष स्थानमा यथावत छ । १५ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ ।

सम्बन्धित सामग्री

ब्राजिल बराबरीमा रोकियो

काठमाडौँ। ब्राजिलले इक्वेडरसँग बराबरी खेलेको छ। शुक्रबार बिहान सम्पन्न फिफा विश्वकप छनोट अन्तर्गतको भएको खेलमा ब्राजिलले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो। ब्राजिलको लागि खेलको छैटौं मिनेटमै कासेमिरोले गोल गर्दै अग्रता दिलाएका थिए।