काठमाडौंको लाखेननीमा लागेको आगो नियन्त्रणमा

२२ चैत, काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० लाखेननीस्थित एक घरमा आगलागी भएको छ । जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घर घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । विद्युतको तार सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतिको […]

सम्बन्धित सामग्री

तुलसीपुरस्थित गोदाममा लागेको आगो नियन्त्रणमा आयो

दाङ : दाङको तुलसीपुरमा रहेको एउटा गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।तुलसीपुर-५ को वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्ञणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।आगलागी भएको १ घण्टाभन्दा धेरै समयपछि आगो नियन्त्रणमा आएको हो। आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको उनले जानकारी दिए।क्षतिको पूर्ण विवरणसँगै आगलागीक

नरदेवीमा लागेको आगो नियन्त्रणमा

काठमाडौ‌को नरदेवीमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौ‌ महानगरपालिका– १८ नरदेवीस्थित शोभा बज्राचार्यको घरको पाँचौँ तल्लामा लागेको आगो केहीबेर अघि नियन्त्रणमा आएको हो।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा...

सोलुको बजारमा लागेको आगो नियन्त्रणमा : चार घर नष्ट, एकमा आंशिक क्षति

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिका–१ स्थित नेले बजारमा लागेको आगो नियन्त्रणमा आएको छ । आज अन्दाजी अपराह्न ४ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।सोलु दूधकुण्ड नगरपालिकाको दमकल, नेपाल प्रहरी, स्थानीयको पहलमा आगो नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी तुलसा बस्नेतले जानकारी दिए । आगलागीबाट चार घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने एक घरमा आंशिक क्षति पुगेको छ । स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरु भएको आगोले बुद्धि बहादुरक

बालाजुको जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा

काठमाडौं बालाजुस्थित जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको वान वर्ल्ड फुटवेयरमा आज बिहान करिब साढे ११ बजे लागेको आगो झण्डै तीन...

पाँच घण्टापछि दमौलीको आगो नियन्त्रणमा

तनहुँ सदरमुकाम दमौलीको हार्डवेयरबाट सुरु भएको आगो नियन्त्रण गर्न कम्तिमा पाँचघण्टा लागेको छ। पाँच घण्टापछि आगो नियन्त्रणमा आएपनि अझै ननिभेको प्रहरीले बताएको छ।...

युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा

लन्‍डन- युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ । रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ । आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ । युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन । पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको […]

सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा

काठमाडौंको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ ।  काठमाडौं महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो...

पाँच घण्टापछि आगो नियन्त्रणमा

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुली नगरपालिकास्थित चौधरी उद्योग परिसरमा लागेका आगो नियन्त्रणमा आएको छ । आज बिहान उद्योग परिसरभित्रको सिजी बु्रअरीमा लागेको आगो करीब पाँच घण्टामा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।नवलपरासी पूर्व, नवलपरासी पश्चिम र चितवनका सात दमकल, नेपाली सेना, सशस्त्र, नेपाल प्रहरीसहितको प्रयासमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । सिजी बु्रअरीको गोदाम घरमा लागेको आगो नियन्त्रणका लागि गोदाम घरका भित्तासमेत भत्

नागार्जुनमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । काठमाडौंको नागाजुंन जंगलमा गएराती लागेको आगो नियन्त्रणमा आएको छ ।पूर्वराजा ज्ञानेन्द्रको निवास नजिकै जंगलमा हावाहुरीका कारण करेन्ट शर्ट भएर आगलागी भएको हो ।दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बालाजुका डिएसपी निर्मल बुढाथोकीले रातोपाटीलाई बताए ।

वीर अस्पतालको आगो नियन्त्रणमा

काठमाडौंको महांकालस्थित् वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा आएको छ। वीरको रातो भवनको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा लागेको आगो नियन्त्रणमा आएको हो।