लागू औषध कारोबार र प्रयोगमा आरोपमा बुधबार पोखराबाट पक्राउ परेका र्यापर लाउरे ५ वर्षसम्म जेल जानसक्ने सम्भावना देखिएको छ । प्रचलित कानुन अनुसार कारोबारसमेत पुष्टि भएको अवस्थामा र्यापर लाउरेका नामले परिचित आशिष राना मगर ५ वर्षदेखि १० वर्षसम्म जेल जानसक्ने देखिएको हो । बुधबार राती कास्कीको न्युरोडस्थित एक घरबाट र्यापर लाउरे र उनीसँगै रहेकी एक युवतीलाई पनि पक्राउ गरिएको थियो । उनीहरूसहित लागू औषधको कारोबार र प्रयोगमा संलग्न अन्य केहीलाई पनि पक्राउ गरिएको कास्की प्रहरी