चारा घोटाला प्रकरण : बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसादलाई थप ५ वर्ष जेल, ६० लाख जरिवाना

राँची : बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई झारखण्डको राँचीस्थित विशेष सीबीआई अदालतले चारा (दाना) घोटालामा सोमबार थप पाँच वर्षको जेल सजाय सुनाएको छ। अदालतले उनलाई ६० लाख रुपैयाँ जरिवानाको पनि फैसला गरेको छ। १५ फेब्रुअरीमा यादवलाई अदालतले दोषी ठहर गरेको थियो। यादवविरुद्ध चारा घोटालाको यो पाँचौं तथा अन्तिम मुद्दा हो।…

सम्बन्धित सामग्री

चारा घोटाला कान्ड : लालु यादवलाई ५ वर्ष जेल सजाय

विहार–विहारका पूर्व मुख्यमन्त्री तथा आरजेडीका नेता लालु यादवलाई पाँचौ चारा घोटला कान्डमा अदालतले ५ वर्ष जेल सजाय सुनाएको छ । विशेष अदालतले सोमबार यादवलाई ६० लाख भारु जरिवाना समेत तोकेको छ ।लालुलाई अदालतले १५ जनवरीमा दोषी ठहर गरेको थियो । सो कान्डमा तानिएका ९९ जनामध्ये २४ जनालाई अदालतले सफाइ दिएको दिएको थियो । त्यस्तै, ४६ दोषीलाई तीन वर्ष जेल सजाय सुनाइएको थियो । यसअघि चार ओटै चारा घोटला कान्डमा उनी दोषी ठहर भएका थिए ।

लालु यादवलाई ‘चारा घोटाला’ प्रकरणमा थप ५ वर्ष जेल र ६० लाख भारु जरिवाना

एजेन्सी, ९ फागुन। राष्ट्रिय जनता दलका प्रमुख तथा बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई थप ५ वर्ष जेल सजाय सुनाइएको छ । झारखण्डस्थित सीबीआईको विशेष अदालतले ‘चारा घोटाला’ प्रकरणमा लालु यादवलाई ५ वर्ष जेल र ६० लाख भारु जरिवाना पनि सुनाएको हो । झारखण्डसँग सम्बन्धित दाना र पशुपालन घोटालाको यो पाचौं प्रकरण थियो । फेब्रुअरी १५ मै […]