कपिलवस्तुमा खाल्डोमा जमेको पानीमा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित इँटाभट्टामा काम गर्ने कैलाली जोशीपुर गाउँपालिका १ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृति दंगौडाको डुबेर ज्यान गएको हो ।खेल्ने क्रममा सोही इँटाभट्टा नजिक रहेको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहे