मोरङको रतुवामाई–२ कस्टुचौकको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा–२ का वडासदस्य बघुलाल राजवंशीका अनुसार पोखरीमा नुहाउन जाने क्रममा आनन्दकुमार शर्माकी १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको हो ।
रौतहटको बृन्दावन नगरपालिका– १ स्थित बिश्रामपुर गाउँमा पोखरीमा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ । शसस्त्र प्रहरीको टोलीले बालिकालाई पोखरीबाट बाहिर निकालेको थियो ।
सर्लाहीको कबिलासी नगरपालिका–४ जमुनियामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा जमुनिया बस्ने ८ वर्षीया सीता कुमारी पासवान छन् । पोखरीमा नुहाउन जाँदा डुबेकी सीतालाई स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्राथमिक स्वास्थ्य केन्द्र जमुनियाका चिकित्सकले बालिकालाई मृत घोषणा गरेका हुन् ।
सिरहामा पोखरीमा डुबेर बुधबार एक बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नरहा गाउँपालिका–३ खोरीयाका मोहम्मद अकबर मियाँकी छोरी ११ वर्षीया गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुबेर मृत्यु भएको हो ।
काठमाडौँ,२६ जेठ । महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ । रासस
महोत्तरीको जलेश्वर नगरपालिका–३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।
महोत्तरी : जलेश्वर नगरपालिका–३ खैरागाउँमा पोखरीमा डुबेर बालिकाको मृत्यु भएको छ। बुधबार साँझ किशोर सदाकी छोरी ६ वर्षीया आँचलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।बालिकाको शव परीक्षणका लागि गएराति नै प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ।
५ साउन, गोरखा । रोपाईं सकेर घर फर्कने क्रममा पोखरीमा डुवेर मंगलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पालुङटार नगरपालिका–८ मुलावारीका वुधबहादुर नेपालीकी १३ बर्षकी छोरी ऋचा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रोपाइ सकेर घर फर्कदै गर्दा स्थानीय रनबहादुर गुरुङले खेतमा पानी लगाउन बनाएको पोखरीमा हात खुट्टा धुन गएकी उनी चिप्लिएर […]
घर नजिकै रहेको पोखरीमा डुबेर धनुषामा बिहिबार एक बालिकाको मृत्यु भएको छ । नगराइन नगरपालिका–७ का रामबाबु यादवकी सात वर्षीया छोरी प्रीतिकुमारीको पोखरीमा डुबेर मृत्युु भएको प्रहरीले जनाएको छ । रासस