पिक आवरमै खेर जान थाल्यो बिजुली

३० भदौ, काठमाडौं । नेपाल, भारत र बंगलादेशबीच पछिल्ला दिनमा ऊर्जा सम्बन्धी छलफल बाक्लिएका छन् । गत हप्ता नेपाल विद्युत प्राधिकरणको टोली भारत पुगेर फर्कियो । लगत्तै सोमबार र मंगलबार बंगलादेशसँग ऊर्जा सचिवस्तरीय बैठक भयो । नेपाल–भारत ऊर्जासम्बद्ध संयन्त्रबीच पनि अनौपचारिक सम्वाद चलिरहेको छ । ठूलो मात्रामा बिजुली खेर (इनर्जी स्पिल) जान थालेपछि नेपाल सरकार […]

सम्बन्धित सामग्री

बढी क्षमताका ग्यास सिलिन्डरमा नीतिगत प्रतिगमन

वीरगञ्ज। वीरगञ्जको मनोज ग्यास उद्योगले ५ वर्षअघि नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४५० किलोग्राम एलपी ग्यास भर्ने सिलिन्डर ल्याउन अनुमति पायो । गुणस्तर विभागले सिलिन्डरको मापदण्ड र सुरक्षालगायत पक्षको जाँच गरी स्वीकृति दिएपछि उद्योगले ग्यास भर्न नेपाल आयल निगममा अनुमति माग्यो ।  निगमका अधिकारीले ‘सहमति’ दिएपछि उद्योगले त्यस्ता सिलिन्डरमा ग्यास भरेर उद्योगहरूमा आपूर्ति गर्न थाल्यो । स्थानीयदेखि बहुराष्ट्रिय कम्पनीहरूले यस्तो सिलिन्डर उपयोगमा ल्याए । यस्ता सिलिन्डरमा औद्योगिक प्रयोजनको ग्यास आपूर्ति हुन थाल्यो । उत्पादन प्रक्रियामा ताप आवश्यक पर्ने उद्योगका लागि यस्ता ठूला सिलिन्डर उपयोगी हुन थालेसँगै अन्य केही ग्यास उद्योगले पनि यसमा लगानी बढाए । ‘प्रचलनमा रहेका १४ दशमलव २ किलोका सिलिन्डरको विकल्पका रूपमा प्रयोग भएका यस्ता सिलिन्डरबाट उद्योगलाई समय र लागत बचत हुन थालेपछि उद्योगहरूमा माग बढ्दै गएको थियो,’ मनोज ग्यासका सञ्चालक मनोज दासले भने ।  अहिले आएर नेपाल आयल निगमले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरको स्वीकृति दिन नसकिने भन्दै सूचना निकालेपछि उद्योगीहरू अन्योलमा परेका छन् । ‘५ वर्षसम्म आजभोलि भन्दै झुलाए । उनीहरूले अनुमति पाइहाल्नुहुन्छ काम अघि बढाउनुहोस् भनेर आश्वासन दिएपछि लगानी गरियो । अहिले आएर कारबाही गर्छौं भन्छन्,’ सञ्चालक दासले भने । ४५० किलो क्षमताका सिलिन्डरका लागि मात्रै उद्योगमा ३ करोड रुपैयाँ अतिरिक्त लगानी थप्नुपरेको उनले गुनासो गरे । १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास दिए कारबाही गर्ने आयल निगमको चेतावनी मनोज ग्यासको देखासिकीमा अन्य उद्योगले पनि विगत २ वर्षयता त्यस्ता सिलिन्डरमा ग्यास आपूर्ति गरेका थिए । आयल निगमको ग्यास विनियमावलीमा १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिन्डरमा ग्यास भर्ने अनुमति दिने व्यवस्था नभएको भन्दै त्यस्तो अनुमति दिन नसकिने सूचनामार्फत बताएको छ । ५० र ४५० किलो क्षमताका सिलिन्डरमा गैरकानूनी तरीकाले ग्यास भरेर विक्री गरिएको भन्दै त्यसो नगर्न सचेत गराएको छ ।  मनोज ग्यासले वितरण गर्दै आएको ४५० किलो क्षमताको सिलिन्डरको प्रयोगमा रोक लागेपछि त्यस्ता सिलिन्डरका लागि पूर्वाधार बनाएको बहुराष्ट्रिय कम्पनी ब्रिटानिया, हेटौंडाको पोषक ब्रिडर्स फार्म, एन्टार्टिक बिस्कुट, केबी साम आल्मुनियमलगायत उद्योगको उत्पादन प्रभावित भएको छ । ती उद्योगमध्ये कतिले उद्योग चलाउने अवधि घटाएका छन् । केहीको उत्पादन नै रोकिएको छ । पोषक ब्रिडर्सका सञ्चालक सुरेश रूंगटाले ४५० किलोको सिलिन्डरमा रोक लगाएपछि उत्पादन झन्झटिलो र खर्चिलो भएको बताए । ४५० किलोको सिलिन्डर प्रयोग गर्दा एउटा सिलिन्डरबाट २/३ दिन पुग्ने गरेकोमा १४ किलोका लागि सिलिन्डर फेर्नकै लागि एकजना कामदार खटाउनु परेको उनले बताए । सानो क्षमताको सिलिन्डरमा प्रतिसिलिन्डर १ किलो ग्यास खेर जाने उद्योगी बताउँछन् ।  ठूला सिलिन्डरमा ग्यास विक्री गर्न नपाए सोको लागि ग्यास उद्योगले गरेको करोडौं लगानी खेर जाने विनियमावलीले तोकेको व्यवस्थाबाहेक क्षमताका सिलिन्डरको प्रयोग गैरकानूनी हुने निगमको भनाइ छ । निगम स्रोतका अनुसार निगमले विनियम संशोधन गर्ने तयारी गरे पनि निगमका अध्यक्षसमेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि यो विषय अन्योलमा परेको छ ।  वाणिज्यको अनुगमन  निगमको सूचनालगत्तै वीरगञ्जको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले मनोज ग्यासमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योग सञ्चालकले ४५० किलो क्षमताका ४४ ओटा सिलिन्डरमा ग्यास भरेको भेटिएको उक्त कार्यालयका अधिकारीले बताएका छन् ।  अनुगमन गर्दा ग्यास उद्योगमा एउटा सिलिन्डरमात्र भेटिएको र अन्य सिलिन्डिर ग्यास भरेर उद्योगहरूमा आपूर्ति गरिएको भेटेपछि त्यस्ता सिलिन्डर तत्काल फिर्ता ल्याउन वाणिज्य कार्यालय प्रमुख सुरेश रेग्मीले उद्योगलाई पत्राचार गरेका थिए । तीमध्ये २१ ओटा सिलिन्डर फिर्ता आइसकेको विवरण उद्योगले उपलब्ध गराएको पनि वाणिज्य कार्यालयले बताएको छ ।

भारत निर्यात हुन थाल्यो बिजुली

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार अहिले बिजुलीको कुल माग (पिक डिमान्ड) एक हजार ६ सय ४३ मेगावाट छ । यो माग बेलुकी र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । त्यही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बुधवार मध्यरातदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई जलविद्युत् आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात भएका ...

मागभन्दा बढी उत्पादन भएपछि निर्यात हुन थाल्यो बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग (पिक डिमान्ड) एक हजार ६४३ मेगावाट छ । यो माग साँझ र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । सोही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात […]

विद्युत उत्पादन बढ्दै, मागभन्दा बढी भएको बिजुली भारत निर्यात हुन थाल्यो

नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीका अनुसार हाल बिजुलीको कूल माग (पिक डिमाण्ड) एक हजार ६४३ मेगावाट छ । यो माग साँझ र बिहानको समयको हो । दिनभर र रातभर यो परिमाणमा माग हुँदैन । माग घट्दै जाँदा उत्पादित बिजुली खेर जान्छ । सोही समस्याको समाधानका लागि प्राधिकरणले देशभित्र बढी भएको बिजुली भारत निर्यात गर्न थालेको …

बजार नपाउँदा बारीमै कुहिन थाल्यो गोलभेँडा

चितवन । चितवनमा गोलभेँडाले बजार नपाउँदा बारीमै कुहिने अवस्था आएको छ । गोलभेँडा विक्री हुनै नसकेपछि किसानहरू मारमा परेका छन् । लागतको आधाभन्दा पनि पनि कम मूल्यमा बेच्नुपरेको गुनासो उनीहरूको छ । ढुवानी खर्च समेत नउठ्ने भएपछि गोलभेँडा बेच्न नसकिएको भरतपुर महानगरपालिका–२६ का नारायण सापकोटाले बताए । ‘एककेजी गोलभेँडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, प्रतिकेजी ४ रुपैयाँमा बारीबाटै लैजानुस् भन्दा पनि ग्राहक आएनन्,’ उनले भने । उत्पादित गोलभेँडा बारीमै कुहिएर खेर जाने भएपछि सित्तैमा लैजान अनुरोध गरिएको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी किसानले गोलभेँडा टिप्नै छाडेको बताउँछन् । ‘गोलभेँडा बेचेर लागतको त कुरै छाडौँ, टिपाइ खर्च र बजारसम्म लैजान खर्च समेत उठ्दैन,’ उनले भने, ‘यस्तोमा गोलभेँडा टिपेर के फाइदा ?’ कतिपय किसानले प्रतिक्रेट गोलभेँडा मुश्किलले १०० देखि २०० रुपैयाँमा बेचिरहेको उनको भनाइ छ । हाल भरतपुर महानगर तरकारी बजारमा गोलभेँडा प्रतिकिलो १० देखि २० रुपैयाँमा विक्री भइरहेको त्यहाँका व्यवसायीहरू बताउँछन् । महानगर तरकारी बजारका सञ्चालक एवं फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले गोलभेँडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेँडा एकैपटक बजारमा आएकाले भाउ नपाएको बताए । यसपटकको सिजनमा चितवनमा गोलभेँडाको उत्पादन बढेको र मौसमका कारण एकैचोटि पाकेकाले बजार पाउन नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले बताए । ‘गोलभेँडा निश्चित समयमा बेच्नुपर्छ, धेरै दिन टिकाइराख्न सकिन्न,’ उनले भने, ‘तत्काल बेच्नुपर्ने हुँदा पनि भाउ पाउन समस्या भएको हो ।’ परियोजनाको तरकारी जोनअन्तर्गत चितवनमा यतिबेला दैनिक ४० टनभन्दा बढी गोलभेँडा उत्पादन भइरहेको छ । चितवनमा दैनिक तीन टन गोलभेँडा खपत हुन्छ । बाँकी उत्पादन सस्तो मूल्यमा पोखरा, काठमाडौंलगायत बजारमा गइरहेको छ । गोलभेँडाबाहेक चितवनमा अन्य तरकारीको भाउ भने पछिल्लो एक महीना अवधिमा २० देखि ३० प्रतिशतसम्म बढेको छ । अहिले किसानको बोडी बारीबाटै प्रतिकिलो १२० रुपैयाँ र घिउसिमी प्रतिकिलो ११० रुपैयाँमा विक्री भइरहेको छ । एक महीनाको बीचमा करेला, खुर्सानी, भेडेखुर्सानी, मूला, गाजर, बन्दा, काउलीलगायत तरकारीको मूल्य पनि १० देखि १५ प्रतिशतसम्म बढेको छ । उत्पादन कम भएका तरकारीको मूल्य बढी हुने र उत्पादन बढी भएको तरकारीको मूल्य कम हुने सूचना अधिकारी पौडेलले बताए । उनले भने, ‘मूल्य बढेको होइन, उत्पादनको असर हो ।’

बजार नपाउँदा चितवनमा बारीमै कुहिन थाल्यो गोलभेडा

वैशाख १७, चितवन । चितवनमा अन्य तरकारीले मूल्य र बजार पाएपनि गोलभेंडाले भने बजार पाएको छैन । उत्पादनमा अत्याधिक वृद्धि भई यसको अनुपातमा विक्री नभएपछि किसानहरु घाटामा परेका छन् । उनीहरुले लागतको आधाभन्दा पनि कम मूल्यमा पनि बजार नपाएको बताएका छन् ।  भरतपुर महानगरपालिका वडा नम्बर २६ का नारायण सापकोटा ढुवानी खर्चसमेत नउठ्ने भएपछि बारीमै गोलभेडा कुहिने गरेको बताउँछन् । ‘एककेजी गोलभेडाको उत्पादन लागत १५ रुपैयाँजति पर्छ, प्रतिकेजी चार रुपैयाँमा बारीबाटनै लैजानुसभन्दा पनि ग्राहक आएनन्’, उनले भने । अहिले बारीमै कुहिएर खेर जानेभएपछि सित्तैमा लैजान अनुरोध गरेको उनले बताए ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको तरकारी जोनको सञ्चालक समितिका सहसचिव तथा किसान रामचन्द्र रेग्मी गोलभेडाको खेती गरेका किसान बोटबाट टिप्नै छोड्नु पर्ने अवस्थामा पुगेको बताउँछन् । ‘गोलभेडा बेचेर लागतको कुरा छोडौं, टिप्ने खर्च र बजारसम्म लैजाने ढुवानी खर्च पनि पनि उठ्दैन अनि  गोलभेडा टिपेर के फाईदा ?’, उनले प्रतिप्रश्न गर्दै भने ।  कतिपय किसानले मुश्किलले एक क्रेट गोलभेडालाई १०० देखि २००  रूपैयाँमा बेचिरहेका छन् । त्यसमा प्रतिकिलो आठ रूपैयाँ ६९ पैसा किसानले पाउँछन् । जसका कारण उनीहरु ठूलो नोक्सानमा परेका हुन् ।  ‘यस्तो अवस्था आयो भने किसानले अब गोलभेडा लगाउनै छाड्छन् उनले भने, ‘बोडी, घिउसिमी, क्याप्सिकम, बन्दा, मूला, गाजरलगायतका तरकारीको बरु भाउ राम्रो छ ।’  यतिबेला भरतपुर महानगर तरकारी बजारमा गोलभेडा प्रतिकिलो मुश्किलले १० देखि  २० रूपैयाँमा विक्री भइरहेको त्यहाँका व्यवसायीहरु बताउँछन् । महानगर तरकारी बजारका सञ्चालक एवं फलफूल तथा तरकारी व्यवसायी संघका अध्यक्ष थिरप्रसाद धितालले गोलभेडाको उत्पादन बढी भएको र उत्पादन भएका सबै गोलभेडा एकैचोटि बजारमा आएका कारण भाउ नभएको बताए ।  ‘गोलभेडा किसान यसपटक साह्रै मर्कामा परे, के गर्नु उत्पादन धेरै भयो’, उनले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी माधव पौडेलले यसपटकको सिजनमा चितवनमा गोलभेडाको उत्पादन ज्यादा बढी हुनु र मौसमका कारण एकैचोटि पाक्ने अवस्था भएकाले मूल्य नभएको बताए । उनले भने, ‘गोलभेडा निश्चित समयमा बेच्नुपर्छ, धेरै दिन टिकाइराख्न सकिन्न, जसका कारण तत्काल बेच्नुपर्ने हुँदा पनि भाउ नभएको हो ।’ तरकारी जोनअन्तर्गत चितवनमा यतिबेला दैनिक ४० टनभन्दा बढी गोलभेडा उत्पादन भइरहेको छ । चितवन जिल्लामा दैनिक तीन टन गोलभेडाले माग पुरा गरेको छ । अन्य गोलभेडा ज्यादै सस्तोमा पोखरा, काठमाडौंलगायतका बजारमा गइरहेको छ । गोलभेडाबाहेक अन्य तरकारीको भाउ पछिल्लो एक महीनाको अवधिमा २० देखि ३० प्रतिशतसम्म मूल्य बढेको छ । यतिबेला किसानको बोडी बारीबाटै १२० रूपैयाँसम्म विक्री भइरहेको छ । एक महीनाअघि सो मूल्यमा ३० प्रतिशत कमी थियो । त्यस्तै, अहिले घिउसिमी ११० रूपैयाँ प्रतिकिलोमा किसानको बारीबाटै उठिरहेको छ । एक महीनाको बीचमा करेला, खुर्सानी, क्याप्सिकम, मूला, गाजर, बन्दा, काउलीलगायतका तरकारीमा पनि १० देखि १५ प्रतिशतसम्म मूल्य बढेको छ । सूचना अधिकारी पौडेलका अनुसार  उत्पादन कम भएका तरकारीहरुको मूल्य बढी हुने र उत्पादन बढी भएको तरकारीको मूल्य कम रहेको पाइएको छ । उनले भने, ‘मूल्य बढेको होइन, उत्पादनको असर हो ।’

बाठो स्यालको झूठो प्रसंसा

एउटा काग रुखको हाँगामा बसेको थियो । उसले आफ्नो चुच्चोमा रोटीको टुक्रा च्यापेको थियो ।त्यत्तिनै खेर एउटा भोकाएको स्याल त्यहाँ आइपुग्यो । उसले कागको चुच्चोमा च्यापेको रोटी देख्यो । त्यो रोटी खान पाए त भोक शान्त हुन्थ्यो भनेर स्यालले ठान्यो । उसले कागबाट रोटी फुत्काउने उपाय सोच्न थाल्यो ।उसले कागलाई नमस्कार गर्यो । तर कागले कुनै जवाफ दिएन । कागलाई थाहा थियो, उसले बोल्यो भने रोटीको टुक्रा खस्छ ।स्याल बाठो थियो । उसले कागको झूठो प्रसंसा गर्न थाल्यो । उसले भन्यो, ‘तपाईं त कति सुन्दर

बाठो स्यालको झूठो प्रसंसा

एउटा काग रुखको हाँगामा बसेको थियो । उसले आफ्नो चुच्चोमा रोटीको टुक्रा च्यापेको थियो ।त्यत्तिनै खेर एउटा भोकाएको स्याल त्यहाँ आइपुग्यो । उसले कागको चुच्चोमा च्यापेको रोटी देख्यो । त्यो रोटी खान पाए त भोक शान्त हुन्थ्यो भनेर स्यालले ठान्यो । उसले कागबाट रोटी फुत्काउने उपाय सोच्न थाल्यो ।उसले कागलाई नमस्कार गर्यो । तर क...

‘ग्यासभन्दा बिजुली सस्तो छ, भारतमाथिको परनिर्भरता घटाऔं’

नेपालमा बिजुली धेरै हुन थाल्यो । अब देशमै खपत बढाउनुपर्छ भन्ने हामीले धेरै सुन्यौं । तर केही सञ्चारमाध्यममा बिजुली महँगो भएकाले उपभोक्ताले भान्सामा ग्यासको प्रयोग गरिरहेका छन् भन्ने पनि सुन्यौं । एकातिर देशमा बिजुली खेर जाने अवस्था आउनै लागेको तर अर्कोतिर उपभोक्ताको भान्सामा बिजुली महँगो भएको भन्ने कुराले हाम्रो...