जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी पर्साकी प्रेमा खत्री पुनः जसपामा फर्केकी छिन् । एक हप्ता अगाडि उनी एमालेमा प्रवेश गरेकी थिइन् । शुक्रबार उनी मधेश प्रदेशका मुख्यमन्त्री एवं जसपाका कार्यकारिणी सदस्य लालबाबु राउतको रोहवरमा जसपामा फर्केकी हुन् । उनले जसपाबाट वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा चुनाव जितेकी थिइन् । खत्री भन्छिन्, ‘एमाले कार्यकर्ताबाट धेरै दवाव आयो, विभिन्न प्रलोभनमा पार्यो, एमालेका नेता तथा कार्यकर्ताले यस्तो अवस्था सृजना गरे