एजेन्सी।विवादास्पद जम्मु काश्मिर मुद्दामा साउदी अरबले चासो देखाएको छ।पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरेशीसँगको भेटमा साउदी विदेशमन्त्री फैसल बिन फहान अल साउदले जम्मु काश्मीर मुद्दामा साउदी काम गर्न इच्छुक रहेको बताए।“हामी क्षेत्रीय मुद्दामा काम गर्न तयार छौं। चाहे त्यो काश्मीर होस या प्यालेस्टाइन वा यमन नै किन नहोस् हामी दुवै क्षेत्रमा सन्तुलन सुनिश्चित गर्न सँगै काम गर्न सक्छौं”, साउदले भने।