संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिँदै

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।संसदीय छानबिन समितिले जनार्दन शर्मासँग बयान लिने भएको छ।वाम गठबन्धनले आज संघर्षको कार्यक्रम घोषणा गर्दै छ।रुपन्देहीमा डेढ किलो गाँजा सहित दुई जना पक्राउ परेकन छन् र एन्फाको स्थगित भएको कार्यसमिति बैठक सुरु भएको छ।

सम्बन्धित सामग्री

२७ वर्षमा १४ संसदीय छानबिन समिति गठन, कुनै छैन व्यक्ति केन्द्रित

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा रहँदा बनेको संसदीय छानबिन समितिमा समेत व्यक्तिको नाम उल्लेख छैन । बजेट निर्माणका बेला करका दर हेरफेर गर्न अर्थमन्त्री रहेका शर्माले अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा संसदीय छानबिन समिति बनाइएको थियो ।

सत्तामा साटिएको न्याय

थुप्रै उच्चस्तरीय संसदीय छानबिन समिति अन्त्यमा राजनीतिक सम्झौतामा टुङ्गिएका छन्। दृष्टान्त ‘अर्थमन्त्री जनार्दन शर्मा सिसिटीभी फुटेज’ प्रकरणलाई लिन सकिन्छ।...

अर्थसचिव मरासिनीको सरुवा

काठमाडौँ – अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको सरुवा भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ सचिव मरासिनीलाई मन्त्रिपरिषद् कार्यालयका सरुवा गरेको बालुवाटार स्रोतले जानकारी दियो। अर्थमन्त्री जनार्दन शर्मा करका दर हेरफेरमा असम्बन्धित व्यक्तिलाई संलग्न गराएको भन्दै विवादमा मुछिएपछि मरासिनी बिदामा बसेका थिए। शर्माको चौतर्फी विरोध हुँदा संसदीय छानबिन समिति गठन गरिएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका […]

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई आइतबार अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको आरोप लागेपछि उनले गएको असार २२ गते पदबाट राजीनामा दिएका थिए । उनीबारे छानबिन गर्न संसदीय छानबिन समिति बनेको थियो । तर, संसदीय छानबिन समितिले 'क्लिन...

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा […]

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले […]

जनार्दन शर्मा प्रकरणमा छानबिन समितिकाे प्रतिवेदन अपूर्ण : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताउनुभएको छ ।  आज शुक्रवार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग बोल्दै ज्ञवाललीले यस्तो बताउनुभएको हो । उहाँले सत्तापक्षका सांसदहरू समितिले करका दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेशबारे अध्ययन/अनुसन्धान गर्ने सबै उपकरण प्रयोग गर्न सहमत नभएको बताउनुभयो । ज्ञवालीले छानबिनका लागि अर्थ मन्त्रालयले बजेट निर्माणको अन्तिम दिन करका दर हेरफेर गर्न बस्ने कर्मचारीको नामसम...

छानबिन समिति गठनको माग गर्दै एमालेको अवरोध : संसद स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फेरि संसद अवरुद्ध गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न माग राखी एमालेले आज (मंगलबार) संसद अवरोध गरेको हो।गम्भीर विषय उठिसकेपछि अर्थमन्त्री जनार्दन शर्मा पदमा बसिरहन नमिल्ने एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताए।संसदीय छानबिन समिति गठन नगरेसम्म संसद अगाडि बढ्न नदिने एमालेको अडान छ। अर्थमन्त्रीको मनलाग्दीमा एमाले मूकदर्शक भएर बस्न नसक्ने उनले बताए। तर अर्थमन्त्री शर्माले भने बजेट निर्माण

एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग, संसदमा अवरोध

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको कडा आलोचना गर्दै उनको राजीनामा मागसहित