काठमाण्डाै – पूर्वमन्त्री युवराज कार्कीलाई राजदूतमा सिफारिस गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । गएको वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई बहराइनको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको थियो ।न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको इजलासले यसअघि नै सरकारले ल्याएको राजदूत नियुक्तिसम्बन्धी निर्देशिका २०७५ कार्यान्वयन नगर्न आदेश दिइसकेकाले कार्कीको नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।आदेशमा भनिएको छ, ‘मन्त्रिपरिषद्को २०७८ वैशाख २...