बागमती प्रदेशको प्रदेशसभा बैठक आज बस्दैछ। बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको हो । आज बस्ने बैठकका लागि सोमबार बसेको प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले ६ वटा कार्यसूची तय गरेको प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए।उनका अनुसार मंगलबारको बैठकमा केही प्रतिवेदन पेश हुनेछ भने आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत हुनेछ । बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश लोकसेवा आयोगको ०७७/०७८ को वार्षिक प्रतिवेदन, प्रदेश मामिला समितिका सभापति माधव पौडेल, अर्थ