लामो समयपछि २ नम्बर प्रदेशको प्रदेशसभा बैठक बुधवारका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सभाको आठौं अधिवेशन बुधवार बिहान ११ बजेको लागि आह्वान गरेका छन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार बुधवार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अध...