मकवानपुर – नेकपा एकीकृत समाजवादी पार्टीका वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएकाे छ ।
आज बिहीवार मुख्यमन्त्री शाक्यले पेस गर्नुभएकाे विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता पाण्डेले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेमा ३९ दिन भइसकेको बताउनुभयाे ।
मुख्यमन्त्रीमा प्रस्तावितसमेत रहनुभएका पाण्डेले संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बताउनुभयाे । उहाँले वर्तमान ...