रुपन्देही – लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ ।
प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो ।
गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिनु...