रुकुम पूर्वका लागि १ हजार क्विन्टल चामलको कोटा स्वीकृत

वैशाख १२, रुकुम पूर्व । रुकुम (पूर्व) का लागि एक हजार क्विन्टल चामलको कोटा स्वीकृत भएको छ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाका लागि एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरी स्वीकृत गरेको हो । योसँगै रुकुमकोटबाट खाद्यको चामल विक्री वितरण गर्न शुरुसमेत गरिएको छ ।  कम्पनीले जिल्लाको दुई ठाउँमा खाद्यको चामल आपूर्ति गर्ने गरेको छ । जिल्ला सदरमुकाम रुकुमकोट र पुथाउत्तरगंगा गाउँपालिकाको तकसेरामा आपूर्ति हुने गरेको खाद्य कम्पनीले जानकारी दिएको छ ।  चालू आर्थिक वर्षका लागि रुकुमकोटमा ५०० क्विन्टल र तकसेराका लागि ५०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ । जिल्लामा छुट्टै खाद्यको शाखा कार्यालय स्थापना नहुँदा अहिले रुकुम (पश्चिम) शाखा वितरण कार्यालयमार्फत रुकुम (पूर्व) मा चामल आपूर्ति भइरहेको छ ।  दुईओटा जिल्लाको काम एकै ठाउँबाट गर्न असहज भए पनि अहिले दुईओटा जिल्लामा चामल आपूर्तिको काम गर्नुपर्ने बाध्यता रहेको रुकुम (पश्चिम) खाद्य डिपो कार्यालयका निमित्त शाखाप्रमुख चन्द्रबहादुर खड्काले बताए ।  उनका अनुसार रुकुम (पूर्व) मा ४२० क्विन्टल खाद्यको चामल आइसकेको छ भने बाँकी चामल आउन बाँकी छ । तकसेरामा ३६० क्विन्टल र रुकुमकोटमा ६० क्विन्टल चामल पुगिसकेको छ । जिल्लामा ५८० क्विन्टल चामल भित्रिन बाँकी रहेको रुकुम (पश्चिम) डिपो कार्यालयका निमित्त प्रमुख खड्काले बताए । बाँकी चामल असार मसान्तभित्रै जिल्लामा ल्याइसक्ने उनको भनाइ छ ।  जिल्ला मोटो चामल, सोना मन्सुली र जिरा मसिना चामल आइपुगेको छ । रुकुमकोटमा भने सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित समथिङ स्टोर पसलबाट खाद्यको चामल विक्रीवितरण भइरहेको रुकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्लले जानकारी दिए । तकसेरामा भने पहिलो चरणमा पुगेको चामल विक्री भइसेकेको छ । रासस

सम्बन्धित सामग्री

अनुदानको ८० क्विन्टल नुन पाँच वर्षदेखि गोदाममै

कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा (८० क्विन्टल)नुन अलपत्र अवस्था रहेको छ। नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष...

चार हजार क्विन्टल धान खरिद

खजुरा– नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ ।  मङ्सिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले बताएका छन् ।  उनका अनुसार हालसम्म छ सय ८० क्विन्टल मोटो […]

नेपालगञ्जबाट जुम्लामा तीन सय २० क्विन्टल नुन ढुवानी

काठमाण्डौ – जुम्लामा नुनको कमी हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जले तीन सय २० क्विन्टल नुन ढुवानी गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रदेश कार्यालय नेपालगञ्जका अनुसार आव ०७९/८० को असार मसान्तसम्म दुई हजार सात सय ८६ क्विन्टल नुन मौज्दात रहेको छ ।  प्रदेश कार्यालय प्रमुख महेश चौधरीका अनुसार कर्णाली प्रदेश, पूर्वी रुकुम, पश्चिम रुकुम र रोल्पामा असार मसान्तसम्म छ हजार तीन सय ७८ क्विन्टल नुन मौज्दात रहेको छ ।  प्रदेश कार्यालय नेपालगञ्जमा भारतको गुजरातस्थित खाडाघोडाबाट एक...

नब्बे हजार क्विन्टल धान खरिद गरिँदै

काठमाडौं, पुस २८। सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष सहकारीलाई तीन लाख क्विन्टल धान खरिद गर्न प्रस्ताव आह्वान गरेको थियो । मन्त्रालयका प्रवक्ता प्रकाशकुुमार सञ्जेलले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुुदान उपलब्ध गराएर किसानको तीन […]

दुर्गमका जनतालाई पौने दुई लाख क्विन्टल खाद्यान्न

दुर्गमका जनतालाई राहत दिन सरकारले यो वर्ष सहुलियत दरमा करिब पौने दुई लाख क्विन्टल खाद्यान्न पठाउने भएको छ।...

ओलीलाई झलनाथको जवाफ : को ढक को क्विन्टल आगामी चुनावबाट देखिन्छ

काठमाडौ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा एकीकृत समाजवादी ढक नभएर दशौँ क्विन्टल भएको दाबी गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि एक कार्यक्रममा पाँच दलीय गठबन्धनलाई एकएक किलोको ढक भनेपछि नेता खनालले त्यसको जवाफ फर्काउँदै यस्तो बताएका हुन्।  काठमाडौंमा आयोजित आमसभालाई सम्बोधन गर्दै खनालले भने, ‘केपी ओलीले उनको पार्टी क्विन्टल हाम्रो पार्टी ढक भनेका छन्। ओलीको पार्टी ढक हो कि क्विन्टल हो? आगामी निर्वाचनबाट देखिन्छ। पछिल्लो नतिजालाई

हुम्लाबाट ४५ सय क्विन्टल जडीबुटी निकासी हुने

सिमकोट – जिल्लावासीको मुख्य आम्दानीको स्रोत रहेको जडीबुटी यस वर्ष चार हजार पाँच सय क्विन्टल निकासी हुने भएको छ। एक वर्षअगाडि बनेको पञ्चवर्षीय योजनाअनुसार उक्त जडीबुटीको परिमाण जिल्लाबाहिर निकासी हुने भएको हो। ५० क्विन्टल जटामसी खरिद गरेका व्यापारी गणेश सुनारले गत वर्षभन्दा कम संकलन पुर्जी पाएको बताए। वनबाट संकलित जडीबुटी ढुवानी गरेर सदरमुकाम सिमकोट ल्याउने […]

च्यवनप्रासको बट्टामा दुई क्विन्टल चरेस !

चितवनको     रत्ननगरबाट    प्रहरीले करिब   दुई   क्विन्टल   चरेस   बरामद गरेको    छ ।   इलाका   प्रहरी   कार्यालय टाँडीले     रत्ननगर     नगर पालिका–३, शान्तिचोक  नजिक  किराना  पसलको गोदाममा लुकाइ राखेको  एक क्विन्टल ८४ किलो  ३५० ग्राम चरेस बरामद   गरेको    हो  । च्यवनप्रासको बट्टामा   प्याकेजिङ   गरेर    राखेको अवस्थामा    सो   &...

एक सय ९० क्विन्टल चामल बिक्री

कोरोना महामारीका कारण जारी लकडाउनमा रुकुम पश्चिमको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको छ । सर्वसाधारणका लागि खाद्य व्यवस्था कम्पनीले देशैभर सहुलियत मूल्यमा चामल उपलब्ध गराएपछि मुसिकोटको खाद्य व्यवस्थाबाट एक सय ९० क्विन्टल चामल बिक्री भएको हो ।शाखा प्रमुख चन्द्रबहादुर खड्काका अनुसार जेठ २१ देखि असार ७ गतेसम्म […]

खाद्य कम्पनी वीरगञ्जले थप ५ हजार क्विन्टल धान खरिद गर्ने

१२ फागुन, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको वीरगञ्ज शाखाले थप ५ हजार क्विन्टल सोना मन्सुली धान खरिद गर्ने भएको छ । जिरा मसिनो धान किसानले प्रर्याप्त मात्रामा नल्याएपछि थप ५ हजार क्विन्टल सोना मन्सुली धान नै खरिद गर्न लागेको हो । यसअघि कार्यालयले ३० हजार क्विन्टल सोना मन्सुली र ५ हजार क्विन्टल […]