चिलिमे–त्रिशूली प्रसारण लाइन पुसभित्र सकिने

आगामी पुसभित्र रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध गर्ने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण अगामी डिसेम्बरभित्र सक्ने गरी समयसीमा तय गरिएको छ । प्राधिकरण मातहतको चिलिमे जलविद्युत् कम्पनीले बनाउँदै गरेका १११ मेगावाटको रसुवागढी र ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आगामी पुसदेखि हुने तय भएका अवस्थामा सो पूर्व नै प्रसारण लाइन तयार गर्न प्राधिकरणले तदारुकता देखाएको हो ।

सम्बन्धित सामग्री

चैतभित्र सकिएला चिलिमे-त्रिशूली प्रसारण लाइन

काठमाडौँ,११ पुष । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सबस्टेसनको निर्माण ७० प्रतिशत पूरा भएको छ । यस प्रसारण लाइनमा त्रिशूली नदी र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विजुली प्रवाह हुनेछ । प्रसारण लाइन र सबस्टेसन निर्माणको काम आगामी चैतभित्र सक्नेगरी धमाधम काम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित […]

चिलिमे–त्रिशूली प्रसारण लाइन र सब–स्टेसनको निर्माण तीव्र

रसुवा, (नेस) । रसुवा र नुवाकोटमा निर्माणाधीन जलविद्युत् आयोजनालाई राष्ट्रिय प्रणालीमा जोड्नका लागि निर्माणाधीन चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र सब–स्टेसन द्रुत गतिमा निर्माण भइरहेको छ । करिब ६० प्रतिशत काम सकिएको र २०७९ साउनभित्र प्रसारण लाइनको निर्माण सक्ने गरी काम धमाधम भइरहेको छ । आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँ पालिकास्थित थाम्वुचेत र नुवाकोटको किस्पाङ गाउ“पालिकाको […]