बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्। नोवेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आएर चक्काजाम गरेका थिए । विद्यार्थीले सडकमा नै चक्का जाम गरेपछि सवारी साधान रोकिन पुगेको छ। विद्यार्थीले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाउँद

सम्बन्धित सामग्री

नोबेलका विद्यार्थीद्वारा आधा घण्टा चक्काजाम, सरकार मुकदर्शक बनेको आरोप

नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क माग गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार स्थानीय प्रशासन र मेडिकल कलेज प्रशासनलाई दबाब दिन कोसी राजमार्गमा अन्तर्गत विराटनगरको कञ्चनवारी सडकमा आधा घण्टा चक्काजाम गरेका छन् ।चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्न खोजेको विरोधमा विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । त्यही क्रममा विद्यार्थी संगठनले तोडफोडसमेत गरेका थिए । बढी शुल्क नोबेलले लिने अडान राखेर विद्यार्

नोबेल मेडिकल कलेजले बढी शुल्क मागेको विरोधमा चक्काजाम

नाेबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले विराटनगरमा चक्काजाम गरेका छन् ।

नोबेल मेडिकल कलेजका विद्यार्थी उत्रिए सडकमा, राजमार्ग अवरुद्ध

नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलनरत विद्यार्थीहरूले शुक्रवार राजमार्ग बन्द गरेका छन् ।  उनीहरूले विराटनगरको कन्चनबारीमा चक्काजाम गरेका हुन् ।  आन्दोलनलाई पाँच विद्यार्थी संगठनले समर्थन गरेका छन् ।  चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै एमबीबीएस पढ्ने विद्यार्थीहरू आन्दोलित छन् । उनीहरूले कलेज प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।