काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय नागरिक बुधबार पक्राउ परेका छन्। राहदानी नम्बर एम ४९५०८९५ का भारतीय नागरिक ४२ वर्षीय यूसुफ हारोनलाई विमानस्थल प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो। उनको साथबाट अवैध रूपामा भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम अर्धठोस सुन बरामद भएको छ। उनी फ्लाई दुबईको उडानद्वारा […]