जोखिमभित्र अवसर खोज्दै कृषक

झापाका पशुपालन किसानले गत साल सरकारले विदेशबाट आयात हुने दुग्धजन्य पदार्थ रोक लगाए पनि यस वर्ष पुनः खुला भएकाले त्यसलाई रोक लगाउन माग गरेका छन् । पशुपालन तथा दुग्ध उत्पादक संघ, झापामा आबद्ध किसानले सरकार केही व्यापारीको प्रभोलनमा परेर विदेशबाट दुग्धजन्य पदार्थ आयात गर्दै आएको आरोप लगाए ।

सम्बन्धित सामग्री

मधेशका बजारमा पहाडका सुन्तला

पौष्टिक फल भएर पनि पहाडी जिल्लामा खपत नहुँदा बजार खोज्दै सुन्तला कृषक अहिले तराई झर्न थालेका छन् ।

अदुवाको बजार खोज्दै कृषक

अछामका चार पालिकामा यस वर्ष १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । जिल्लाको पञ्चदेवल विनायक, कमलबजार, साफेबगर नगरपालिका र मेल्लेख गाउँपालिकाका कृषकले अदुवाको उत्पादन गरेका हुन् । चार पालिकाका करिब एक हजार दुई सयभन्दा बढी कृषकले यस वर्ष प्रतिव्यक्ति १५० किलोग्रामभन्दा बढी अदुवा उत्पादन गरेका छन् ।

वन्यजन्तुका कारण गाउँ रित्तिँदै

सञ्चार, बिजुली, कालोपत्रे सडक र सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्य चौकी थपिए पनि गाउँ भने रित्तिन थालेका छन् । केहीअघिसम्म यस्तै सेवासुविधा खोज्दै सहर झर्ने क्रम बढे पनि पछिल्लो समय भने ग्रामीण बस्ती रित्तिनुको खास कारण जङ्गली जनावरको हैरानी हो । गाउँमा कृषि उत्पादन जोगाउन नसकेपछि बाध्य भएर सहर छिर्ने बढेका छन् । बाँदर, बँदेल र दुम्सीले खेती सखाप पार्ने र घरपालुवा जनावरलाई चितुवाले खान थालेपछि धेरै कृषक आफ्नो थातथलो छोडेर सहर जान थालेका छन् ।

ओलाङ्चुंगोला नाका नखुल्दा खाद्यान्न आपूर्ति र व्यापार प्रभावित

ताप्लेजुङ । ताप्लेजुङको ओलाङ्चुंगोला नाका तीन वर्ष पुग्न लाग्दा समेत खुल्न सकेको छैन । चीनबाट फैलिएको कोरोना भाइरस संक्रमण विभिन्न राष्ट्रमा बढ्दै गएपछि बन्द भएको नाका नखुल्दा जिल्लाको उत्तरी क्षेत्रमा खाद्यान्न लगायत वस्तुको आपूर्ति र अन्तरदेशीय व्यापार प्रभावित भएको छ । कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भनी चीनले नाकामा आवतजावत बन्द गराएको थियो । गत माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न/नगराउन जानकारी आएको फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुंगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको थियो । आफ्नो देशमा कोरोना भाइरसको संक्रमण फैलिएको र आवतजावतका कारण अन्यत्र समेत फैलन सक्ने भनी यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन रिउ प्रशासनबाट अनुरोध भएसँगै नाका बन्द भएको थियो । वर्षा याममा याङ्मा, थुदाम, ओलाङ्चुंगोला र तोक्पेगोलावासी दैनिक उपभोग्य वस्तुका लागि चिनियाँ बजारकै भरमा रहने गरेका छन् । वर्षामा बाढीपहिरोलगायत कारण स्थानीयवासी सदरमुकाम फुङ्लिङसम्म आइपुग्न सक्दैनन् । फक्ताङलुङ–७ ओलाङ्चुंगोला, याङ्मा र घुन्सा क्षेत्रका समुदायको ८० प्रतिशत चीनको बजारमा निर्भर रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । उनले भने, ‘लामो समयसम्म नाका बन्द हुँदा खाद्य तथा अन्य सामग्री चीनबाट आउन बन्द भएको छ । याक, चौंरीका लागि नूनदेखि अत्यावश्यक खाद्य सामग्री ल्याउन पाइएको छैन ।’ नाका बन्द भएपछि चीनसँगको व्यापार ठप्प भएको वडाध्यक्ष भोटेले बताए । समुद्री सतहदेखि तीन हजार २०० मिटर उचाइमा पर्ने ओलाङ्चुंगोला क्षेत्रका समुदायको प्रमुख व्यवसाय व्यापार र पशुपालन हो । त्यस्तै समुद्र सतहदेखि चार हजार २०० मिटरमा पर्ने याङ्माका समुदाय पनि चीनको बजारमा निर्भर हुँदै आएको थियो । लामो समयसम्म पनि टिप्ताला नाका नखुलेपछि आवश्यक खाद्य सामग्री ताप्लेजुङको सदरमुकामदेखि ढुवानी गर्दै आएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सहायक कार्यक्रम संयोजक जितेन चेम्जोङले बताए । फक्ताङलुङ –७ वडा कार्यालयका कार्यालय सहायक तेन्जिङ वालुङका अनुसार चौंरी, याक, घिउ, छुर्पी, याक/चौंरीका मासु, चमर (याकको पुच्छर) चीनको बजारमा विक्री हुने गरेको थियो । उनले भने, ‘१६ महीनादेखि नाका बन्द भएको छ । चीनसँग व्यापार चलेको छैन । व्यापार नभएपछि आयआर्जनको बाटो नै बन्द भएको छ ।’ पशु व्यवसायदेखि उत्पादित पशुजन्य वस्तुले बजार नपाएपछि पशु व्यवसायी आर्थिक संकटको चपेटामा परेको वालुङले बताए । ओलाङ्चुंगोलामा बुनिएका गलैंचाले चीनमा राम्रो बजार लिएको थियो । विगतमा गलैंचा विक्री गरेरै यहाँका स्थानीयवासीले राम्रो आयआर्जन गरेका थिए । तर तीन वर्षदेखि गलैंचा घरमै थुप्रिराखेको ओलाङ्चुंगोलाबासी लामा भुजुङ शेर्पाले बताए । उनले भने, ‘मेरा घरमा ५० ओटा गलैंचा थुपारिराखिएको छ । जिल्ला सदरमुका फुङ्लिङ बजारमा लगेर बेच्दा राम्रो मूल्य पाइँदैन । त्यसैले घरमै राखेको छु ।’ ओलाङ्चुंगोलाको नाका हुँदै चीन पठाउन इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका विभिन्न स्थानमा उत्पादित चिराइतो धेरैअघि ओलाङ्चुंगोलामा पुर्‍याएर राखिएको थियो । लामो समयसम्म नाका बन्द हुँदा भारतको सिक्किम पठाउनुपरेको व्यापारी दावाच्युङ्दाक शेर्पाले बताए । चीनमा चिराइतो निकासी नभएपछि ताप्लेजुङ, पाँचथर, इलाम र तेह्रथुम जिल्लाका चिराइतो कृषक निराश भएको सिरिजंघा गाउँपालिका–७ यामफुदिन निवासी मनकुमार राईले बताए । उनले भने, ‘पहिला पहिला चिराइतो खोज्दै व्यापारी घरघर आउँथे, तर आजभोलि त्यसको कुरा गर्ने व्यापारी समेत भेटिँदैन ।’ चीनतर्फ चिराइतो निर्यात हुन छाडेसँगै खेती गर्न छाड्दै गएको फक्ताङलुङ–६ निवासी चिराइतो कृषक राजकुमार राईले बताए । लामो समय टिप्ताला नाका बन्द हुँदा गोला, याङ्मा, घुन्सा र फलेका साथै फक्ताङलुङ गाउँपालिकाका विभिन्न बस्तीमा बस्ने समुदाय सदरमुकाम फुङ्लिङ बजारमा निर्भर रहनुपरेको छ । सदरमुकामदेखि ओलाङचुगोलासम्म ५० केजी चामल पुर्‍याउँदा प्रतिकेजी रू. १०० ढुवानी भाडा पर्छ । सदरमुकाम फुङ्लिङबाट एक दिनमा लेलेपसम्म गाडीमा सामान पुर्‍याउन सकिन्छ । लेलेपदेखि खच्चर र मान्छेले बोकेर ओलाङ्चुंगोला, याङ्मा, फले र घुन्सा जस्ता तीन हजार २०० देखि चार हजार ५०० मिटर उचाइका बस्तीसम्म खाद्य सामग्री ढुवानी गर्नुपर्छ । सामानमा परेको मोलभन्दा ढुवानीमा तीन गुणा बढी खर्च हुने शेर्पाले बताए । नाका बन्द नहुँदासम्म चीनदेखि टिप्ताला नाकासम्म चीनको गाडीले सामान ल्याउने गरेको थियो । सीमा क्षेत्रदेखि आफ्नै याकमा सामान बोकाएर घरसम्म पुर्‍याइने गरेको शेर्पाले बताए । उनले भने, ‘चीनबाट सामान ल्याउँदा ढुवानी खर्च एकदम कम हुन्छ । तर सदरमुकामदेखि ल्याउँदा सामानको खरीद मूल्यभन्दा तीन गुणा बढी खर्च आउँछ ।’ कतिपय परिवारमा सामान ढुवानी गर्न पनि समस्या हुने गरेको शेर्पाले बताए । रासस

नेता भोट खोज्दै गाउँमा, कृषक मल खोज्दै सहरमा

पर्वत : पर्वतको कुश्मा नगरपालिका–१ पाङका जुद्ध सुवेदी बुधवार बिहान नौ बजेदेखि नै सदरमुकाम कुश्मा बजारमा रहेको रासायनिक मलको बिक्री केन्द्रमा लागेको लाइनमा थिए।केन्द्रमा मल नभएको र गाडीले लिएर आउँदै गरेको सूचना पाएपछि उनी करिब पाँच घण्टा लामो समय लाइनमा बसे। ट्रकबाट केही बोरा मल त झारियो तर जुद्धको भागमा १० किलो युरिया र पाँच किलो डिएपी मल भन्दा परेन।गाउँमा नेताहरूको भोट माग्दै जान थालेको बताउने उनले नेताहरूको भोट माग्दै गाउँमा जाँदा आफूहरू मल खोज्दै सहरमा आउनुपरेको बाध्यता सुनाए।सुवेदीले ल

पूर्व सांसद बने कृषक(भिडियोसहित)

राजेश जिसी प्यूठान । रोजगारीका अवसर खोज्दै दैनिक हजारौ युवा विदेशिने गरेका छन् । स्वदेशमा कुनैपनि अवसर नदेखेर विदेश लागेका युवालाई स्वदेशमै परिश्रम र लगानी गर्न सके बिदेशमा भन्दा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने पाठ सिकाएका छन प्युठानका पूर्व सांसद नारायणप्रसाद अधिकारीले । बि.सं.२०६४ सालमा संविधान सभामा प्यूठान क्षेत्र नं. १ बाट निर्वाचित सांसद नारायणप्रसाद […]

रैथाने जातका बीउ खोज्दै कृषक

बजारको सहज उपलब्धता, परिश्रमअनुरूपको मूल्य र राम्रो आय हुन थालेपछि पहाडी जिल्ला डडेल्धुराका अगुवा कृषक लोप हुन थालेका रैथाने जातका बीउबिजन खोज्न थालेका छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा परम्परागत बीउबिजनबाट उत्पादित तरकारी, दाल, अमिलोजन्य फलफूल र गेडागुडीले राम्रो बजार पाउन थालेको देखिएपछि कृषकले आकर्षित हुँदै रैथाने जातको बीउबिजन खोज्न थालेका हुन् । चैत महिनासम्म पनि भित्र्याउन मिल्ने ‘चोतो’ आर्थात् रैथाने जातको मूला बजारमा भेटिँदैन । एउटा घरमा पाकेपछि टोलभरि नै वासना आउने अर्को रैथाने जातको काउली बजार नआएको डेढ दशक भइसकेको छ । परम्परागत जातका कागती र सुन्तला पनि हराइसकेका छन् । रैथाने जातको अदुवा र लसुन पनि पछिल्लो समय बजारमा पातलिएको छ ।

ड्रागन खेती : बजार खोज्दै कृषक

पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ ।

अलैंचीको बजार खोज्दै व्यवसायी

प्रदेश नं. १ का किसानको प्रमुख आम्दानीको स्रोतका रुपमा रहेको नगदेवाली अलैंची बिक्रीमा समस्या हुन थालेपछि नयाँ बजार खोज्न सुरु भएको छ । अलैंचीको व्यापारमा सहजता ल्याउन अलैंची कृषक र व्यवसायी छलफलमा जुटेका छन् ।