जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट भरिने

काठमाडौं । जडीबुटीजन्य औषधी ‘सन्चो’ अब स्वचालित मेसिनबाट फिलिङ गरिने भएको छ । उत्पादक कम्पनी जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले यही पुस मसान्तअगावै स्वचालित मेसिनबाट फिलिङ थाल्ने गरी तयारी भइरहेको जानकारी दिएको छ । यसका लागि नयाँ भवन बनाई अत्याधुनिक मेसिनसमेत जडान भइसकेको कम्पनीले जनाएको छ । यही पुस मसान्तसम्म उक्त भवन उद्घाटन गरी उत्पादन थालिने कम्पनीले जनाएको छ ।  नयाँ भवन विश्व स्वास्थ्य संगठनको कुशल उत्पादन अभ्यासको मापदण्डलाई सम्बोधन गर्ने किसिमले तयार गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त भवनमा एच.भी.एसी. प्रणालीमार्फत हावाको शुद्धता कायम राखी सफा कोठाको व्यवस्था गरिएको छ । यस प्रविधिले भवनमा उत्पादित वस्तुलाई दुषित हावाबाट जोगाई जनसुरक्षित, गुणस्तरीय र प्रभावकारी वस्तुको उत्पादनमा टेवा पुर्याउने कम्पनीले जनाएको छ । गुणस्तर र उत्पादन क्षमता बढ्ने ! स्वचालित फिलिङ मेसिनले ‘सन्चो’को गुणस्तर र उत्पादन क्षमतासमेत वृद्धि हुने कम्पनीको भनाइ छ । अहिले मानिसले नै फिलिङ गर्दै आएको सन्चो दैनिक करीब २० हजार सिसी मात्रै उत्पादन भइरहेको छ । जडान गरिएको मेसिन प्रतिघण्टा ६ हजार सिसी उत्पादन क्षमताको रहेको कम्पनीले जनाएको छ ।  २०५६ मङ्सिरबाट उत्पादन थालिएको ‘सन्चो’ २४ वर्षमा प्रयोगकर्तामाझ लोकप्रिय बनेको छ । बढ्दो लोकप्रियताका कारण कम्पनीको विक्री पनि बढेको छ । कम्पनीका अनुसार उत्पादनको शुरुआती समयमा ‘सन्चो’ वार्षिक १० हजार गोटा उत्पादन हुने गरेको थियो । हाल करीब ५० लाख गोटा विक्री वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ ।  ‘सन्चो’ रुघाखोकीलगायत स्वास्थ्य समस्याका लागि उपयोगी मानिएको छ । हाल ‘सन्चो’ ५ एमएलमा उत्पादन हुँदै आएको छ । तर, स्वचालित मेसिन सञ्चालनपछि ‘सन्चो’ १० एमएलमा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले ‘सन्चो’सँगै हिमालयन मसाज आयल, शिलाजित पेस्ट, सिट्रेनेला आयल, लेमनग्रास आयल जस्ता हर्वल केयर प्रोडक्ट उत्पादन गर्दै आइरहेको छ ।

सम्बन्धित सामग्री

सर्वोच्चको पेसी तारेख स्वचालित प्रणालीले तपाईंको मुद्दालाई के फरक पार्छ ?

अब भने पेसी तारेख निर्धारणको कार्य स्वचालित रूपमा सफ्टवेयर (स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली) बाट हुने व्यवस्था भएको हो ।

पेट्रोलियममा स्वचालित मूल्य लागू

सोमबारबाट लागू हुने गरी नेपाल आयल निगमले स्वचालित मूल्य कार्यान्वयनमा ल्याउने भएको छ । स्वचालित मूल्य कार्यान्वयनमा आएसँगै अब सरकारले निगमलाई मूल्य घटाउन दबाब दिन नसक्ने निगमका सहप्रवक्ता पुष्कर कार्कीले बताए ।...

साउनदेखि श्रम स्वीकृतिमा स्वचालित प्रणाली

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृतिमा स्वचालित प्रणाली लागू गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ साउनदेखि लागू हुने गरी संस्थागत श्रम स्वीकृति स्वचालित प्रणालीमार्फत प्रदान...

विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

–पूर्ण विके/ तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आउनुभएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाउनुभएको छ । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उहाँको परिचय अहिले फेरिएको छ । फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित घन बनाएको […]

विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

तनहुँ, १३ कात्तिक । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाएका छन् । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय अहिले फेरिएको छ । फलामलाई आकार दिन घन हान्न बलियो मानिसको चाहिने भएकाले विकल्पका रुपमा स्वचालित […]

सगरमाथामा स्वचालित मौसम केन्द्र

काठमाडौं, वैशाख २२। सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो । यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग […]

सगरमाथामा स्वचालित मौसम केन्द्र

सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना भएको छ । नेपालको उत्तरी छिमेकी चीनले सगरमाथाको उच्च स्थानमा स्वचालित मौसम केन्द्रको स्थापना गरेको हो ।यसअघि नै नेपालको समेत सहभागितामा सन् २०१९ मा सगरमाथा क्षेत्रमा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिसकेको छ । अमेरिकास्थित नेसनल जिओग्राफी, त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागको संयुक्त पहलमा सगरमाथा क्षेत्रमा स्वचालित मौसम केन्द्र स्थापना गरिएको विभागका सूचना अधिकारी रा

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र

सिरहामा स्वचालित पेस्तोलसहित एक युवक पक्राउ

सिरहाको धननगढीमाई नगरपालिका–११ आँप चोकबाट प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।...

चीनमा स्वचालित कार : उत्पादनबाट अब सेवातर्फ

चीनको स्वचालित कारमा पहिले नै आधारभूत परिवर्तन आइसकेका छन् । उदाहरणका लागि हामी स्वचालित उद्योगलाई लिन सक्छौँ । चीनमा रोबो ट्याक्सी २०२१ मै सडकमा संचालनमा आउन थालिसकेका छन् । यो व्यवसायिक रुपमै हुन थालेको छ । यी सवारीहरू पूर्ण रुपमा स्वचालित रुपमा गुड्दै यात्रुहरुलाई ओसार्न थालेका छन् । यो कार संचालन गर्न कुनै चालकको आवश्यकता पर्दैन । २०४० सम्ममा स्वचालित ३ करोड ३० लाख नाघ्ने अपेक्षा गरिएको छ । २०३५ मै पनि ५० लाख नाघ्ने अपेक्षा गरिएको छ । यो विश्वव्यापी बिक्रीको एक चौथाई अर्थात २५ प्रतिशत