कोलकाता नाइट राइडर्सका खेलाडी प्याट कमिन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बाँकी खेलहरु गुमाउने भएका छन् । कमिन्सले चोटको कारण आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।कमिन्सको हिप इन्जुरी भएको कोलकाताले जनाएको छ । कोलकत्ताले उनको स्थानमा खेल्ने खेलाडी सार्वजनिक गरेको छैन । कमिन्स श्रीलंकाविरुद्धको टी–ट्वान्टी सिरिजका लागि समेत टिममा छैनन् । अष्ट्रेलियाका टेस्ट कप्तान कमिन्सले यो सिजन आईपीएलमा यो सिजन कोलकाताका लागि ५ खेल खेल्दै ७ विकेट लिएका छन् ।&n