उपत्यकाका ट्याक्सी व्यसायीले बन्दाबन्दीमा ट्याक्सी चलाउन पाउनुपर्ने भन्दै सडकमा ट्याक्सी निकालेका छन् । व्यवसायीले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरिएको भन्दै मङ्गलवार ट्याक्सी लिएर सडकमा आएका हुन् । तीन महिनाभन्दा बढी बन्दाबन्दी हुँदा बैङ्क किस्ता र खान बस्नसमेत समस्या हुन थालेको भन्दै आफूहरूले काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
कारोनो भाइरसबाट जोगिएर सावधानीपूर्वक आफूहरूले व्यवसाय गर्न पाउनुपर्ने उपत्यका ट्याक्सी स्वरोजगार सङ्घले जनाएको छ । सरकारले जोर–बिजोर प्रणाली अनुसार नै सञ्चालन गर्न दिए पनि आफूलाई राहत हुने सङ्घले ट्याक्सी व्यवसायी विनोद थापाले बताउनुभयो