मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने माग
काठमाडौँ । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा नभएको भन्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आज यहाँ पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको भन्दै १६ बुँदे माग सार्वजनिक गरेको हो। मिटर जडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्नुपर्ने चालक समाजले माग अघि सारेको छ।...
२० मंसिर, काठमाडौं । औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योग सञ्चालकहरुले भाडा वृद्धि फिर्ता लिन माग गरेका छन् । २०७५ सालमा बढेको भाडा उठाउन औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगहरुलाई पत्राचार गरेपछि उद्योगीहरु आन्दोलित भएका हुन् । उद्योगीहरुको साझा संस्था नेपाल औद्योगिक क्षेत्र महांसघले उद्योग मन्त्रलयमा ज्ञापन पत्र बुझाउँदै बढेको भाडा असुल गर्न गरिएको ताकेता फिर्ता लिन ७ दिने […]
१५ साउन, काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई […]
काठमाडौं- सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले पेट्रोलियम पदार्थको मूल्य अत्याधिक बढेको भन्दै तत्काल यातायात भाडा समायोजन गर्न माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलनको आयोजना गरी भाडा समायोजन नगरे आगामी चैत १ गतेदेखि आन्दोलनमा उत्रने बताएको हो । सरकारले गत असार २८ गते सार्वजनिक यातायातको भाडा समायोजन गरेको थियो । भाडा समायोजनयता डिजेलको मूल्यमा […]
व्यवसायीहरूले पेट्रोलियम पदार्थ ढुवानीमा लाग्ने खर्च समायोजन गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढेको र ढुवानी खर्च बढेकोभन्दै खर्च समायोजन गर्न माग गरेका हुन् ।नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन, नेपाल ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्यास उद्योग संघले ढुवानी भाडा समायोजना गर्न माग गरेका हुन् । उनीहरूले १५ दिन भित्र आफ्नो माग पुरा गर्न सरकारलाई दबाब समेत दिएका छन् ।यसअघि पनि पटक–पटक भाडा समायोजन गर्न माग गरेपनि सरकारले सुनुवाई नगरेको उनीहरूको भनाइ छ । त्यसैले सरकारले
२० फागुन, काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । […]
काठमाडौं- राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन माग गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्यास उद्योग संघले सरकारलाई राजधानीमा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गरि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै ढुवानी भाडा वृद्धि गर्न माग गरेको हो। एलपी ग्यास ढुवानी र पेट्रोलियम पदार्थको […]
ललितपुर महानगरपालिका अन्तर्गत लगनखेलमा रहेको तरकारी बजारको भाडा रकम तिर्ने समय अवधि पछाडि सार्न व्यवसायीले माग गरेका छन् ।कोरोना नियन्त्रण गर्न गरिएको निषेधाज्ञाको बेला व्यवसाय राम्रोसँग सञ्चालन हुन नसकेकाले भाडा तिर्न समस्या परेको भन्दै तरकारी तथा फलफूल जिल्ला संघ ललितपुर भाडा तिर्ने समय पछाडि सार्न माग गरेको हो ।जिल्ला संघले २५ देखि ३० स्क्वायर फुटको […]
काठमाडौं, भदौ २३ । कोभिड संकटको मारमा परेमा मोबाइल व्यवसायीहरुले लकडाउन अवधिको घर भाडा करबाटै चुक्ता गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरुले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी लकडाउन अवधिभरको घर भाडा करबाटै चुक्ता हुने व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका हुन् । नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष भरत भट्टराईले लकडाउन अवधिको […]