काठमाडौं : सशस्त्र प्रहरी वल (एपिएफ) क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो।धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा प्रदेश १ लाई सात विकेटले हराउँदै एपिएफ च्याम्पियन भएको हो। उपाधि जितेसँगै एपिएफले नगद ५ लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ।उपविजेता भएको प्रदेश १ ले नगद ३ लाखसहित ट्रफी र मेडल पाएको छ। एपि