ऋणसँगै प्रविधि पनि भित्र्याउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

१ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख दातृ निकाय एसियाली बिकास बैंक (एडीबी) लाई नेपालमा ऋण लगाानीसँगै विश्व बजारमा उपलब्ध नविन प्रविधिसमेत भित्र्याएर सहयोग गर्न आग्रह गरेका छन् । एडीबीले नेपालमा कार्यान्वयन गरिरहेका विभिन्न परियोजनाको वार्षिक समीक्षा गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले ठूला परियोजनामा अझै दातृ निकायको ऋण आवश्यक परेको बताए । […]

सम्बन्धित सामग्री