जितगढी बटौली युद्ध संग्रहालय बन्ने

बुटवल, (नेस) । बुटवल उपमहानगरपालिकामा ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेज युद्धताकको झल्को दिने गरी निर्माण गर्न लागिएको महत्वपूर्ण संरचना हो । जितगढी (बटौली) युद्ध संग्रहालयका नाममा निर्माण हुने उक्त महत्वपूर्ण संरचनाको बुधबार एक समारोहका बीच […]

सम्बन्धित सामग्री

नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु राखिने

नेपाल–अंग्रेज युद्धमा नेपाली सेनाहरुले विजय प्राप्त गरेको जितगढी किल्ला रहेको बुटवलमा युद्ध संग्रहालय निर्माण सुरु भएको छ । ऐतिहासिक सम्पदा स्थल जितगढी र सांस्कृतिक सहर पुरानो बुटवल (बटौली) लाई जोड्ने गरी निर्माण हुने संग्रहालयमा तत्कालीन नेपाल–अंग्रेज युद्धको झल्को दिने ऐतिहासिक वस्तु र संरचनाहरु हुनेछन् । बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार एक समारोहका बीच उक्त संग्रहालयको शिलान्यास गर्नुभयो । राष्ट्रिय स्वाभिमान, पहिचान र शानको रुपमा रहेको जितगढीलाई बटौली पर्यटनको केन्द्रका रुपमा लिंदै संग्रहालय निर्माण गर्न लागिएको प्रमुख सुवेदीले बताउनुभयो । बुटवल उपमहानगरपालिकाले बनाएको एकीकृत सहरी विकास गुरुयोजनामा रहेको पर्यटन प्रबर्धन अन्तर्गतको एउटा प्रमुख अभियानका रुपमा संग्रहालयलाई अघि बढाइएको उहाँले बताउनुभयो ।