काठमाडौं । भिभोको ‘वाई’ सिरिजअन्तर्गतको पछिल्लो संस्करण ‘वाई५५’ आगामी शनिबार (असार ११ गते) सार्वजनिक हुने भएको छ ।
नेपाली बजारमा सार्वजनिक हुने यो स्मार्टफोनमा क्वालकमको स्न्यापड्रागन ६८० प्रोसेसरसहित ५,००० एमएएचको ब्याट्री उपलब्ध छ । साथै फोनमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर पनि रहेको छ ।
फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ...