म्याग्दी – चारकाेशे जङ्गलको सफारी हाेस् या हिमाली क्षेत्रको पदयात्रा । यस्तै तालमा डुङ्गा सयर हाेस् या पर्वत आरोहण । तराईंदेखि हिमालसम्म फैलिएकाे छ नेपालकाे पर्यटनकाे क्षेत्र । यहाँ धार्मिक, ऐतिहासिक साथै पर्यावरणीय पर्यटकीय क्षेत्रहरु अथाह छन् । तर यसरी पर्यटकीय आकर्षणको प्रचुर सम्भावना बोकेका क्षेत्रहरु प्रचारप्रसार तथा पूर्वाधारको अभावले ओझेलमा परेका छन् ।
तीनैमध्ये एक हो अन्नपूर्ण हिमालकाे आधार शिविर र त्यहाँ रहेकाे पञ्चकुण्ड । नेपालकै पहिले आराेहण अनुमति पाएकाे हिमाल भनेर...