अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको अन्नपूर्ण आधार शिविरस्थित अन्नपूर्ण, तिलिचो र निलगिरी हिमालको फेदीमा रहेको गोलो आकारको पञ्चकुण्ड ताल पर्यटकको आकर्षण बनेको छ । चार हजार एकसय मिटर उचाईमा अवस्थित धार्मिक महत्वसँग जोडिएको पञ्चकुण्ड तालको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ । आधार शिविरको समथर फाँट वरिपरि सुक्खा र उजाड पहाडको फेदीमा निलो तलाउ, तलाउ नजिक रहेका हिमाल, […]