“पढेका थिएनौं, पढेको भए पो सरकारी र गैरसरकारी कार्यालयमा रोजगार पाउँथ्यौं ।” उ बेला केही पढिएन, घरमा आम्दानी गर्ने कुनै सीप सिकिएन, श्रीमान्को भरमा मात्र घर खर्च आशा गर्नुपर्ने अवस्था रहेको भए तापनि अब त्यो दिन हुम्लाका महिलाका लागि एकादेशको कथा हुन गएको छ ।