रुकुम पूर्व : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग सरकारलाई हस्तान्तरण नहुँदै विभिन्न ठाउँमा भत्किन थालेको छ।५५ किलोमिटर लम्बाई रहेको सडकलाई चार खण्डमा विभाजन गरी कालोपत्रे भइरहेको छ। भूमे गाउँपालिका–१ लुकुमदेखि बाग्लुङसँगको सिमाना पातिहाल्ने १३ किलोमिटर, लुकुम देखि भूमे–३ को किमोबोट १६ किलोमिटर, किमोबोटदेखि सिस्ने गाउँपालिका–५, ६ को रुकुमकोट १५.८५ किलोमिट कालोपत्रे भइरहेको छ।यस्तै‚ रुकुमकोटदेखि रुकुम पश्चिमसँगको सिमाना खोपीचार १० किलोमिटर यी चार खण्डमा विभाजन