काठमाण्डाै – प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताउनुभएको छ ।
लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वीतीय दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्ग लगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले ब...