फिल्म बुलाकीको छायाङ्कन गर्न डोल्पा पुगेकी कलाकार लक्ष्मी गिरीलाई जुफाल विमानस्थलमा टिकट पाउन दुई दिन लाग्यो । बल्ल दुई दिनपछि टिकट पाएपछि उनी नेपालगञ्ज हुँदै काठमाडौँतर्फ लागिन्। दुई दिन जुफाल विमानस्थलको त्रिपुरा होटलमा बस्दा गिरीलाई हवाईमार्ग भएर गन्तव्यमा पु¥याउन होटल सञ्चालक बालकृष्ण डाँगीले धेरै ठाउँमा हारगुहार गर्नुप¥यो । दुई दिनपछि गिरीलाई बल्लबल्ल टिकट उपलब्ध गराएपछि नेपालगञ्ज पठाएकामा डाँगीले खुसी व्यक्त गरे । गिरीजस्तै बुटवलका रमेश न्यौपानेले पनि जुफाल विमानस्थलमा टिकटका