भारत र पाकिस्तानबीचको बहुप्रतिक्षीत खेल आज हुँदै, कस्ले मार्ला बाजी ?

काठमाडौं, ७ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा आज (आइतबार) विश्व क्रिकेटका शक्तिशाली प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । ओमान र दुवईमा जारी प्रतियोगितामा सुपर १२ अन्तर्गत समूह २ मा रहेका भारत र पाकिस्तान भिड्न लागेका हुन् । दुई देशबीचको तनावको प्रभावले आइसीसीका खेलहरु मात्र खेल्ने दुई टोलीबीच करिब २ वर्षपछि आज खेल हुन […]

सम्बन्धित सामग्री

यू–१९ विश्वकपको उपाधिका लागि आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं, माघ २८ । दक्षिण अफ्रिकामा जारी आइसिसी यू–१९ विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । सेमिफाइनलमा भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई पराजित गर्दा अस्ट्रेलियाले पाकिस्तानलाई स्तब्ध बनाएको थियो । भारतले हालसम्म पाँचपटक यू–१९ विश्वकपको उपाधि जितेको छ । त्यस्तै, अस्ट्रेलियाले हालसम्म तीन पटक […]

टि २० क्रिकेट विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुँदै

अष्ट्रेलियामा जारी टि २० विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । आज नेपाली समय अनुसार १:४५ बजे पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजील्याण्ड सिड्नी क्रिकेट मैदानमा खेल्ने छन् ।न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो ।सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको हो । त्यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्ने छन् । यो खेल एडीलेडमा हुने छ । यो खेल पनि नेपाली समय अनुसार दिउंसो १:४५ बजे सुरु हुने छ । फाइनल खेल भने आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ । फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा देखिन थालेको छ । भारत र पाकिस्तानले सेमिफाइनलमा आ-आफ्नो खेल जितेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।

भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदै

काठमाण्डाै - भारत र वेस्ट इन्डिजबीचको दोस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ । खेल बेलुका सवा ७ बजे वेस्ट इन्डिजको पोर्ट अफ स्पेनमा सुरु हुनेछ । तीन खेलको एक दिवसीय श्रृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । पहिलो खेलमा वेस्ट इन्डिज ३ रनले पराजित भएको थियो । श्रृङ्खला जोगाउन वेस्ट इन्डिजलाई आजको खेल जित्नुपर्ने दबाब छ । तेस्रो तथा अन्तिम एक दिवसीय खेल बुधवार हुनेछ । यो श्रृङ्खलामा भारतको कप्तानी शिखर धवनले गरेका छन् । भारतका रोहित शर्मा, विराट कोहली, ऋषव पन्त, हार्दिक पाण्ड्या, मोहम्मद शामी र जसप्रित बुम्राहल...

भारत–इंग्ल्याण्ड एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै

काठमाडौं : भारत र इंग्ल्याण्डबीचको तीन एकदिवसीय सिरिजको पहिलो खेल आज हुँदै छ।नेपाली समयअनुसार पौने २ बजे खेल सुरु सिरिजको पहिलो खेल महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा हुनेछ।  दोस्रो खेल शुक्रबार र अन्तिम एकदिवसीय सिरिज आगामी आइतबार हुने छ। यसअघि भएका टेस्ट र टी–२० को सिरिज भारतले आफ्नो पक्षमा पारेको थियो। इंग्ल्याण्डविरुद्धको एकदिवसीय सिरिज अन्तर्गतको पहिलो खेलमा भारतका शिखर धवन र रोहित शर्माले ओपनिङ गर्ने भएका छन्। सोमबार आयोजित प्रेस कन्फ्रेन्समा कप्तान

​भारत र अष्ट्रेलियाविचको अन्तिम टेस्ट आज हुँदै

काठमाडौं, असोज १५ – भारत र अष्ट्रेलियाविचको पाँचौ तथा अन्तिम एकदिवसिय क्रिकेट आज हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे नागपुरमा सुरु ह...

भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदै

असोज १२ –  भारत र अष्ट्रेलियाको चौथो एकदिवसीय क्रिकेट आज हुँदैछ । खेल नेपाली समय अनुसार पौने २ बजेपछि बेग्लोरमा शुरु हुनेछ । ५ खेलको श्रीङ्...

साफ यू-१५ फुटबलका सेमिफाइनल खेल आज, नेपालले हराउला त ?

काठमाडौं । राजधानीमा जारी अन्डर फिफ्टिन (यू–१५) साफ च्याम्पियन्सीप फुटबलका सेमिफाइनल खेल आज हुँदै छन् । आज हुने सेमिफाइनलमा नेपाल र बंगलादेश तथा भारत र...