अष्ट्रेलियामा जारी टि २० विश्वकपको पहिलो सेमिफाइनल खेल आज हुदै छ । आज नेपाली समय अनुसार १:४५ बजे पहिलो सेमिफाइनल खेलमा पाकिस्तान र न्युजील्याण्ड सिड्नी क्रिकेट मैदानमा खेल्ने छन् ।न्युजील्याण्ड समुह १ को बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने पाकिस्तान समुह २ को उप् बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समुह चरणमा न्युजील्याण्ड ३ खेल जितेको थियो भने १ खेल हारेको थियो । १ खेल वर्षाका कारण नतिजा आउँन सकेको थिएँन । त्यस्तै पाकिस्तानले समुह चरणमा ३ खेल जितेको थियो भने २ खेल हारेको थियो ।सुरुका २ खेलमा हार बेहोरेपछि पाकिस्तानको सेमिफाइनल यात्रा कठिन बनेको थियो । तर नेदरल्याण्डले साउथ अफ्रीकालाई हराएपछि र पाकिस्तानले आफ्नो अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । साउथ अफ्रीकाले हार बेहोरेकै कारणले पाकिस्तानको सेमिफाइनलमा स्थान सम्भव भएको हो । त्यस्तै बिहिबार हुने दोस्रो सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्ने छन् । यो खेल एडीलेडमा हुने छ । यो खेल पनि नेपाली समय अनुसार दिउंसो १:४५ बजे सुरु हुने छ । फाइनल खेल भने आगामी आइतबार मेलबर्न क्रिकेट ग्राउण्डमा हुने छ । फाइनल खेल पनि दिउँसो १:४५ बजे नै हुने छ । फाइनल खेल भारत र पाकिस्तानबीच होस् भन्ने चाहना सामाजिक संजालमा देखिन थालेको छ । भारत र पाकिस्तानले सेमिफाइनलमा आ-आफ्नो खेल जितेमा भारत र पाकिस्तानबीचको फाइनल खेल सम्भव हुने छ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने यस पटक सेमिफाइनलमा पुग्न असफल भएको छ । समूह १ मा रहेको अष्ट्रेलिया समान अंक भएसँगै इंग्ल्यान्डसँग नेट रन रेटमा पछि पर्दै सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो ।