मकवानपुरको इन्द्रसरोबरको अध्यक्षमा एमाले विजयी

मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका  देवकृष्ण पुडासैनी शर्मा विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी शर्मा विजयी हुँदा उपप्रमुखमा एमलेकै उमाकुमारी लामाले विजयी भएकी हुन् । प्रमुखमा निर्वाचित पुडासैनीले ३ हजार ७२२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका विश्व लामाले ३ हजार ४७२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एमालेकी लामाले ३ हजार ७२५ मत प्राप्त गर्दा उपप्रमुखमा नेपाली काँग्रेसकी निर्मला रुम्बा ३ हजार ६५६ मत

सम्बन्धित सामग्री

गैडहवा गाउँपालिकामा एमाले विजयी

७ जेठ बुटवल । रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाल कम्युनिष्ट पार्टी एमाले विजयी भएको छ । अध्यक्षमा सुरेन्द्र पौडेल ५६३१ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका बसि उल्लाह मुसलमानले ४ हजार ३ सय ८८ मत प्राप्त गरे । उपाध्यक्षमा एमालेकै उम्मेदवार माधुरी जैसवाल विजयी […]

सिराहाको नरहा गाउँपालिकामा एमाले विजयी

सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव १ सय ७८ मत अन्तरले विजयी भएका हुन्। उनले २ हजार ६९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी...

बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोसपा र उपाध्यक्षमा एमाले विजयी

वीरगञ्ज- पर्साको बिन्दबासिनी गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा लोसपाका प्रमोद तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विवेककुमार चौरसियाले ३ हजार ४६८ मत प्राप्त गरे। एमालेका गम्भिरा साह तेलीले १ हजार ८८९ प्राप्त गरे। गाउँपालिकाका निवर्तमान अध्यक्ष तथ […]

बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले जितेको हो । गाउँपालिका अध्यक्षमा एमालेका देवीन्द्रप्रसाद चम्लागाईं विजयी भए ।...

सप्तरीको अग्नीसाइरको अध्यक्षमा एमाले विजयी, उपाध्यक्षमा काँग्रेस

सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । उपाध्यक्षमा भने काँग्रेसले विजय हासिल गरेको छ ।  एमालेका अध्यक्षका उम्मेदवार दिनानाथ चौधरीले ४ हजार ७४ मतका साथ विजयी हासिल गर्दा काँग्रेसका परशुराम चौधरी ३ हजार ८८ मतका साथ पराजित भए । यस्तै उपाध्यक्षमा एमालेका उम्मेदवारलाई हराउँदै काँग्रेसकी कल्पना कुमारी चौधरीले ४ हजार २१६ मतका साथ विजय हासिल गरिन् ।

अर्घाखाँचीको मालारानीमा एमाले विजयी

३ जेठ, काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका दलबहादुर भट्टराई ८२८३ मतका साथ जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पदम क्षेत्रीले ६७२६ मत ल्याए । उपाध्यक्षमा पनि एमालेकी दीपा पोख्रेल विजयी भएकी छन् । उनले ८१५५ मत ल्याइन् । उनकी प्रतिस्पर्धी कांग्रेसका शोभाखर खनालले […]

रसुवाको नौकुण्डको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाउनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी सिर्जना लामाले ३०९७ मत पाउनुभयो ।   उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले २९०४ मत ल्याएर निर्वाचित हुनुभयो । उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वि जनता समाजवादी पार्टीका भुमे लामाले १९५१ मत पाउनुभयो ।  अन्तिम परिणाम अनुसार वडा नम्बर १ मा कांग्रेसका कान्छा तामाङ, वडा नम्बर २ मा एमालेका ङाफु याल्बो थोक्...

गुल्मीको मदाने गाउँपालिका अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा एमाले विजयी

गुल्मीको मदाने गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएका छन् । अध्यक्षमा गठबन्धनबाट काँग्रेसका महेन्द्र बहादुर कुँवर १० मतान्तरले विजयी भएका हुन् । अध्यक्षमा कुँवर ४ हजार ७०७ मतसहित विजयी हुँदा नेकपा एमालेका प्रेमबहादुर केसीले ४ हजार ६९७ मत पाए । यस्तै, उपाध्यक्षमा एमालेकी सरिता खड्का ४ हजार ५६७ मतसहित निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् ।उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका बेगम बहादुर चन्द बोहोराले

बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा  एमालेकै विना भट्ट विजयी हुनुभएको छ । अध्यक्षमा चन्दले ३७८२ मत ल्याउनुभयो भने कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा भट्टले ३०६४ र एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत ल्याउनुभएको छ ।

काठमाडौँ वडा नम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी

काठमाडौँ । महानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । वडा नम्बर १ को मत गणनामा एमालेका वडाध्यक्ष उम्मेदवार भरतलाल श्रेष्ठ ६२२ मत ल्याएर विजयी भएका हुन् । योसँगै एमालेले काठमाडौँ महानगरमा विजयीको खाता खोलेको छ । श्रेष्ठका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका किरण श्रेष्ठले ५९८ मत पाएका छन् ।  त्यस्तै स्वतन्त्रका […]