काठमाण्डाै - पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै शेयरबजार लगातार उच्च अङ्कले बढिरहेको छ । विभिन्न बिदाका कारण पुसको ७ गतेपछि ११ गतेसम्म शेयर कारोबार हुन पाएको थिएन । पुसको ७ गते शेयर बजार परिसूचक नेप्से १ हजार ८ सय ६७ बिन्दुमा रहेको थियो । तर नयाँ सरकार गठन भएको पहिलो दिन ११ गते नै बजार ५६ अङ्कले बढ्यो । १८ सय ६७ बिन्दुमा रहेको बजारले १९ सयको बिन्दु पार गर्यो ।
१२ गते पनि शेयरबजार उच्च अङ्कले नै उकालो लाग्यो । १२ गते बजार ५९ अङ्कले बढ्यो भने तीन अर्ब ८८ करोड रुपैयाँको कारोबार भय...