बेष्ट फाइनान्सको हकप्रद शेयर सूचीकृत

काठमाडौं ।  सोमवार नेपाल...

सम्बन्धित सामग्री

बेष्ट फाइनान्सको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेन्ज ( नेप्से) मा बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामीमा विक्री गरेको हकप्रद शेयर र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । बेष्ट फाइनान्सको २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको २९ लाख ७१ हजार ९३० कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव २७ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । दुवै कम्पनीका हकप्रद शेयर र बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।

बेष्ट फाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन सोमवार

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन भोलि सोमवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनमा विक्री नभएको शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो । शेयर खरीद गर्न इच्छुक व्यक्ति, कम्पनी संस्थाहरूले भोलि सोमवार अर्थात् फागुन १५ गते बैकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कुल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीको भनाइ छ । बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बेष्ट फाइनान्सको अवितरित हकप्रद शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनमा विक्री नभएको शेयर फागुन १ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फको ५ लाख ५६ हजार ६७४ दशमलव ५७ कित्ता र सर्वसाधारतर्फको ५८ हजार ४२९ दशमलव ९० कित्ता गरी कूल ६ लाख १५ हजार १०४ दशमलव ४७ कित्ता शेयर लिलामीमा विक्री गर्ने जानकारी गराएको हो । उक्त शेयरमा आवेदकले फागुन १५ गते बैकिङ्ग समयसम्म बोलपत्र पेस गर्न सक्नेछन् । शेयर खरीद गर्न इच्छुक व्यक्ति,कम्पनी संस्थाहरुले न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेस गर्न सक्ने कम्पनीको भनाई छ । बोलपत्र पेस गर्दा संस्थापक शेयरको लागि न्यूनतम १००० कित्ता र सर्वसाधारण शेयरको लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतममा भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।