प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीवार पनि सबैखाले मुद्दाहरूको नियमित पेशी तोकेका छन् ।
सर्वोच्चका १८ न्यायाधीशले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दा हेर्न अस्वीकार गर्दै आएको अवस्थामा जबराले मंगलवार जस्तै सबैखाले मुद्दाको पेशी तोकेका हुन् ।
न्यायाधीशहरूले आफूसँग बेञ्च शेयर नगर्ने सन्देश पाएका जबराले आफ्ना लागि एकल इजलास गठन गरेका छन् ।
न्यायाधीशहरू दीपक कुमार कार्की र प्रकाशमान सिंह राउतको संयुक्त इजलास, मीरा खड्का र तेज बहादुर केसीको संयुक्त इजलास, हरिकृष्ण कार्की ,आनन्द मोहन भट्टराई र सुष्मलता माथेमाको पूर्ण इज...