बिहीबार शेयरबजार मापक परिसूचक नेप्से कारोबारको पहिलो घण्टामा ४.६९ अंकले घटेको छ । बजार खुलेबाट नै राताम्मे देखिएको नेप्से कारोबारको पहिलो घण्टामा ०.२४ प्रतिशतले घटेर १९३३.६० बिन्दुमा झरेको हो ।
आज शुक्रबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ७.५७ अंकले घटेर १९७१.३६ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २२० कम्पनीका २३ लाख ५४ हजर ९ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ रुपैयाँको कारोबार भएको छ । जस मध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको १० करोड १४ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सेन्चुरी कमर्शियल बैंकको ६ करोड ४७ लाख, एनसीसी बैंकको ४ करोड ९ लाख, कुमारी बैंकको २ करोड ८६ लाख, तथा लक्ष्मी बैंकको २ करोड २६ लाखको कारोबार भएको छ ।आज आधिखोला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ । आज रिभर फल्स पावरका लगानीकर्ताले सर्बाधिक ५.९३ प्रतिशत गुमाएका छन् भने बुद्धभुमि हाइड्रोका लगानीकर्ताले ४.६४ प्रतिशत गुमाएका छन् । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज शुक्रबार २ घण्टा शेयर कारोबार भएको हो । नेप्से सञ्चालक समितिको जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार गर्ने र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने निर्णय नेप्सेले गरेको थियो ।
काठमाडौँ । बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । जेठमा निरन्तर घटेको बजार बुधकार केही सम्हालिएको थियो । तर, बिहीबार भने यो टिक्न सकेन । पहिलो घण्टा केही बढेर कारोबार भएको थियो । त्यसपछि निरन्तर घटेको बजार अन्त्यमा १७.५८ अंकले ओरालो लागेर २०६२.८६ विन्दुमा आयो । बुधबार ६० अंकले सेयर बजार वृद्धि […]
काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । कारोबार सुरु भएदेखि नै दिनभरजसो हरियो रहेको बजारमा करिब अन्तिम एक घण्टा भने रातो हुँदा नेप्से घटेर बन्द भएको हो ।
बजार परिसूचक १४.५८ अंक (०.५० प्रतिशत)ले घटेर २८७६.७५ अंकमा बन्द भएको छ । नेप्सेमा...
११ फागुन, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक घटेर बजार नै राताम्मे देखिएको छ । नेप्सेमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेको छ । कारोबार खुला भएको २ घण्टा …