आज शुक्रबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ७.५७ अंकले घटेर १९७१.३६ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २२० कम्पनीका २३ लाख ५४ हजर ९ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट ७३ करोड ६२ लाख ३५ हजार २ सय ९८ रुपैयाँको कारोबार भएको छ । जस मध्ये सबैभन्दा धेरै नेपाल टेलिकमको १० करोड १४ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सेन्चुरी कमर्शियल बैंकको ६ करोड ४७ लाख, एनसीसी बैंकको ४ करोड ९ लाख, कुमारी बैंकको २ करोड ८६ लाख, तथा लक्ष्मी बैंकको २ करोड २६ लाखको कारोबार भएको छ ।आज आधिखोला लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ । आज रिभर फल्स पावरका लगानीकर्ताले सर्बाधिक ५.९३ प्रतिशत गुमाएका छन् भने बुद्धभुमि हाइड्रोका लगानीकर्ताले ४.६४ प्रतिशत गुमाएका छन् । आज कारोबारमा आएका म्युचुअल फण्ड बाहेकका सबै समुहगत सूचक घटेका छन् । आज शुक्रबार २ घण्टा शेयर कारोबार भएको हो । नेप्से सञ्चालक समितिको जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको थियो ।जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार गर्ने र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने निर्णय नेप्सेले गरेको थियो ।